धिरेन्द्र पनुहर
कोल्हवी, २७ कार्तिक
कोल्हवी नगरपालिकाको नगरप्रमुख रामप्रसाद चौधरी शेयर सदस्यहरुको मेहनत र अहम भुमिकाले मात्रै सहकारी संस्थाको प्रगती हुने बताएका छन ।
साना किसान कृषि सहकारी सस्था लि. कोल्हवी ४ सपहिको चौथो अधिवेशन र १० औ साधारणसभा आइतबार एक कार्यक्रमकावीच उद्घाटन गर्दै नगरप्रमुख चौधरीले यस्तो भन्नु भएको छ ।
उनले आउदो दिनमा नगरपालिकाको तर्फबाट सहकारीहरुको लागि विभिन्न किसिमको नया प्याकेजहरुको गुरु योजना बनाउने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी ,जिल्ला कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनी, नेपाल मत्सय ब्यवसायी संघ बाराका अध्यक्ष बिरेन्द्र चौधरी, कोल्हवी वडा नम्ब ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी , ४ का वडाअध्यक्ष बिष्णु मैनाली, श्री नेपाल राष्ट्रिय नमुना मा बि सपहिका अध्यक्ष गोपाल सिवाकोटी , सहकारी संस्थाका पुर्व अध्यक्ष चन्चला चौधरी , समाजसेवी गोबिन्द पौडेल, रामप्रसाद प्रसाइ , भेष बहादुर ढकाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
सदस्यहरुको मेहनत र अहम भुमिकाले मात्रै सहकारी संस्थाको प्रगती हुनेः प्रमुख चैधरी
Leave a review
Leave a review


