शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता : गृहमन्त्री लेखक

साझेदारी दैनिक
343 पाठक संख्या

जनकपुरधाम : नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको बताएका छन ।

मधेस प्रदेशको राजधानी जनकपुरमा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले शान्ति सुरक्षाको स्थिति कमजोर हुनेबित्तिकै देश विकासको काममा अवरोध आउने बताए।

सीमानाकाबाट दैनिक हुने सवैखाले चोरीपैठारीका कारण राराजस्व घटिरहेको,आन्तरिक व्यापार कमजोर बन्दै गृहमन्त्री लेखकले सीमामा अपराध बढिरहेकाले नियन्त्रणका लागि मेहनतका साथ लाग्न सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

उहाले नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेकाले बिपद् प्रतिकार्यको तयारीलाई पूर्ण बनाउनुपर्ने जोड दिनुभयो । बिपद् प्रतिकार्यमा सुरक्षा निकायको भुमिका महत्वपूर्ण रहेको उहाले बताउनुभयो ।

यसैगरी गृहमन्त्री लेखकले देशभर लागुऔषधको समस्या विकराल हुदै गएकाले लागुऔषध नियन्त्रणमा विशेष जोड दिनुपर्ने बताएका छन ।

समाजमा लागुऔषध सेवनका कारण सवारी दुर्घटना,डिप्रेसन र पारिवारिक तनाव बढेर आत्महत्यासम्म पुग्ने गरेको बताउदै गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सवै सुरक्षा निकायहरूलाई निर्देशन समेत दिएका छन ।

उनले लागुऔषधबाहेक नेपालमा सडक दुर्घटना र आत्महत्याका घटनाहरु पनि उतिकै प्रमुख समस्याका रूपमा बढिरहेको बताउदै सडक दुर्घटनाबाट दैनिक करिब ७ जना र आत्महत्याका कारण दैनिक करिब १७ जनाले ज्यान गुमाउने गरेको बताएका छन्। उनले यसको नियन्त्रणका लागि पनि काम गर्न सवै सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभयो।

Leave a review

This will close in 0 seconds