कलैया, ३ मंसिर
प्रतिनिधि र प्रदेश सभा निर्बाचनको लागि आईतबार बिहान ७ बजेदेखि हुने मतदानको लागि बारा र पर्सामा सबै तयारी पुरा भएको छ ।
जिल्लामा हुने मतदानको लागि आवश्यक सबै तयारी पुरा भएको बारा, पर्साका मुख्य निर्वाचन अधिकृतहरुले जानकारी दिनुभएको छ । बरा र पर्सामा रहेको सबै मतदान केन्द्रहरुमा मतदानको लागि केन्द्र निर्माणदेखि कर्मचारी परिचालन लगायतका सबै तयारी पुरा भईसकेको निर्वाचन अधिकृतहरुले जनाएका छन ।
बारा र पर्सा जिल्लामा रहको चार निर्बाचन क्षेत्रका निर्वाचन अधिकारीहरुले समेत मतदानको लागि तयारी पुरा भएको बताएका छन । ‘सबै तयारी पुरा भईसकेको छ बिहान ७ बजेदेखि मतदान गर्नसकिने गरिकर्मचारी लगायत मतदान केन्द्रसमेत निर्माण भईसकेका छन ।’’ आफनो निर्बाचन क्षेत्रको सबै तयारी पुरा भई मतदान केन्द्रको निर्माण सुरक्षा ब्यावस्था लगायतको तयारी पनि चुस्त दुरुस्त तरिकाले पुरा भएको निर्वाचन अधिकृतहरुको भनाई छ ।
मतदान केन्द्रहरुको पनि तयारी पुरा भएको तथा कर्मचारीहरु पनि सबै खटिसकिएकोले मतदानको लागि मतदाताहरुले आईतबार बिहान ७ बजेदेखि मतदान केन्द्रमा गएर ढुक्कसित मतदान गर्ने ब्यावस्था मिलाइएको पर्साका प्रमुख निर्वाचन अधिकृत बिनोद कुमार पोखरेलले बताएका छन । पर्साको ग्रामीण क्षेत्र पर्ने क्षेत्र नम्बर ४ मा रहेका सबै मतदान केन्द्रको पनि तयारी पुरा भएको छ ।
यता बाराको पनि चार वटै विर्वाचन क्षेत्रहरुमा पनि मतदानका लागि मतदान केन्द्रहरु तयारी अवस्थामा रहेका छन । जिल्लाका ३ सय ५ वटा मतदान स्थल र ५ सय ४५ वटा मतदान केन्द्रहरु आईतवार विहानदेखी मतदानका लागि तयारी अवस्थामा राखिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सबै मतदान केन्द्रहरुमा सुरक्षा ब्यावस्था कडा पारिएको तथा तिन वटा सुरक्षा घेरामा मतदान केन्द्र राखिएकोले मतदाताहरुले बिहान ७ बजेदेखि नै मतदानमा गएर मतदान गर्नसक्ने गरि सुरक्षा प्रबन्ध मिलाइएको छ । ‘म्यादी प्रहरीहरुसहित सुरक्षाकर्मीहरु सबै मतदान केन्द्रहरुमा परिचालन भईसकेका छन । मतदानको सम्पुर्ण सुरक्षा ब्यवस्था मिलाईसकेका जिल्ला स्थित प्रहरी प्रमुखहरुले बताएका छन ।
बारा र पर्सामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै तयारी पुरा
Leave a review
Leave a review

