लामो समयदेखी रोकिएको तस्करी बारामा फेरि शुरु भएको छ । सशस्त्र प्रहरीकै मिलोमतोमा बारामा तस्करी फेरि शुरु भएको हो । लकडाउन खुकुलो भएसंगै जिल्लाको छतवा स्थित घोडासाहन, कल्याणपुर, मुसहर्वा, सिम्रौनगढ, कबहीगोठ र मटिअर्वा नाकाबाट विभिन्न मालसामाहरुको तस्कारी बढ्ेको छ । यी नाकाहरुबाट दैनिक रुपमा लताकपडा, किराना सामानहरु,केराउ लगायतका समानहरु र गाई तस्करी तीब्र भएको स्थानीयबासीले बताएका छन ।
सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीकै निर्देशनमा सशस्त्र प्रहरीको बेस प्रमुखहरु मार्फत तस्करहरुसंग आर्थिक लाभ लिएर तस्करीको लाईन खुल्ला गरेको केही व्यापारी स्रोतले जानकारी गराएको छन । यता सशस्त्र प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले छतवामा सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र बहादुर क्षेत्री, मटिअर्वामा सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशी र सिम्रौनगढमा सशस्त्र प्रहरी सहायक हवल्दार सनोज यादव मार्फत रकम लिएर तस्करीको लाईन खुल्ला गरेको जानकारी गराएको छ ।
तस्करीमा नेपाल प्रहरीको नेतृत्वले लाईन दिन नमानेका कारण ट्रयाक्टर मार्फत तस्करी नभएर मोटरसाइकल र साईकलमा भारतबाट कपडा, हार्डवेयरका समान, सुर्ती, गुटखा किराना लगायत सरसमानको तस्करी भईरहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । छतवा नाकामा नेपालबाट गाईको तस्करी समेत हुने स्थानीयहरुले बताएका छन ।
भारतको घोडासाहनबाट छतवा हुँदै भित्रिएको कपडा जीतपुर र वीरगन्जसम्म पुग्ने गरेको छ । छतवा र मटिअर्वा नाका भएर वीरगन्जका कारोबारीहरुले पनि तस्करी शुरु गरेको स्रोतको दाबी छ ।
यता सिम्रौनगढ र कबहीगोठ नाकाबाट भित्रीएको तस्करीको समान बरियारपुर, गंजभवानीपुर, कोल्हबी र निजगढसम्म पुग्ने गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले खुल्ला सिमानाका कारण समस्या भएको बताउनु भएको । सुवेदीले कसैसँग रकम नलिएको र कारोबार गर्ने व्यक्तीका पछाडि लाग्न सम्भव नभएको बताए ।
यता सशस्त्र प्रहरी प्रदेश नम्बर २ का सूचना अधिकारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गणेश ठाडा मगरले तस्करी गराउने कार्यमा संलग्नलाई कारवाही गरिने बताएका छन ।