अर्थतन्त्रमा आएको समस्या र बजारमा देखिएको आर्थिक मन्दिका कारण पछिल्लो समय प्राईभेट फर्महरु धमाधम बन्द हुन थालेका छन ।
बजारमा देखिएको मन्दिका कारण ब्यापार ब्यावसाय नचलेपछि ब्यापारीहरु फर्महरुलाई बन्द गराउन थालेका छन । नाफा कमाउनको लागि खोलिएका फर्महरु नोक्सानी भएपछि बन्द हुन थालेका हुन ।
व्यापारीहरु अहिले नयाँ फर्महरु खोल्नु भन्दा पनि भएका फर्महरु घाटामा गएपछि सम्बन्धित निकायमा पुगेर खारेज गराउन थालेका छन । कतिपय ब्यापारीहरु ब्यावसाय छाडेर अन्य पेशामा लागेको तथा कतिपय ब्यापारीहरु आर्थिक मन्दिका कारण ब्यावसाय नचलेर घाटामा गएका छन ।
बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगञ्जको तथ्याक अनुसार पछिल्लो ११ महिनाको अवधिमा फर्महरु खारेजी गर्नको लागि दैनिक दुई देखि तीन जनाले निबेदन दिने गरेको जानकारी दिएको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्याँक अनुसार कार्यालयमा कुल १२ सय ९४ वटा फर्महरु दर्तामा रहेका छन । ती मध्ये ४२१ वटा साझेदारी फर्महरु रहेका छन । चालु आर्थिक बर्षको ११ महिनामा २ सय ४४ वटा फर्महरु खारेज गरिएको छ ।
बजार र अर्थतन्त्रमा आएको समस्या तथा ब्यापार नचलनाले फर्महरुको खारेजी गर्नको लागि ब्यापारीहरुले निबेदन दिने गरेको बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगञ्जका निम्ति प्रमुख सुरेश रेग्मीले बताए । प्रमुख रेग्मीले घाटाकै काराणले कतिपय ब्यापारीहरु पलायन हन थालेका जानकारी दिए ।

