कोल्हवी क्षेत्रमा फेरी जंगली हातिको आतंक

साझेदारी दैनिक
650 पाठक संख्या

धिरेन्द्र पनुहर/

बाराको कोल्हवी क्षेत्रमा फेरी जंगली हातिले आतंक मचाएको छ । कोल्हवी नगरपालिका वडा नम्बर ५ बलुवा जङ्गल टोलमा गएराति जंगली हातिले उपद्रो गर्दा स्थानीयहरु आतंकीत भएका छन ।

हातिले स्थानीय जुरी बच्छारको घरमा क्षति पु¥याएको छ । गएराती करिब १ बजेको समयमा आएको जंगली हातिले घरमा क्षति पु¥याएको बछारले जानकारी दिए ।

हातिले बस्तिमा पसेर बच्छार लगायत अन्यको खेतवारीमा लगाएको आलु,केराको बोट र घरहरुमा समेत क्षति पु¥याएको छ । हातिलाई बस्तिमा आएको देखेर स्थानीयहरु त्रसित भएका छन ।

उक्त हाति बिहान करिब ४ बजे मात्र जङ्गल तिर पसेको स्थानीयहरुले जानकारी गराए । केहिदिन अगाडी पनि कोल्हवी नगरपालिका वडा नम्बर ३ जुअवा सेरा टोलमा पनि जंगली हातीले ९ जनाको घरमा क्षति पु¥याएको थियो ।

Leave a review