गण्डक नहरमा फेला परेको शव लेखापाल चौधरी भएको पुष्टी

साझेदारी दैनिक
साझेदारी दैनिक 364 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
पर्साको गण्डक नहरमा तैरिरहेको अवस्थामा एक जना पुरुषको शब शनिबार बिहान फेला परेको छ ।
वीरगंज महानगरपालिका स्थित नहरको पानीमा तैरिरहेको अवस्थामा सप्तरी घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर ११ राधेमाईमा बसोवास गर्दै आएका ४० बर्षीय सञ्जय चौधरीको शब भएको पर्सा प्रहरीले जनाएको छ ।

चौधरीको शब वीरगंज महानगरपालिका–२१ लिपनीविर्ता टोल स्थित गण्डक नहरको पानीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत अवस्थामा फेला परेका चौधरी नेशनल हेल्थ केयर फर्मास्युटिकल प्रालिमा लेखापालको पदमा कार्यरत रहेको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिएका छन ।

शुक्रबारदेखि नै बेपता रहेका चौधरीको शब शनिबार बिहान तिर फेला परेको तथा शबलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाई नायब उपरिक्षका कुँवरले बताए ।घटनाको समबन्धमा अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review