कलैया : बारा प्रहरीले लाखौं रुपैयाँको माल सामान सहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायाब उपरीक्षक प्रकाश सापकोटाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।
विशेष सूचनाको आधारमा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६६ लाख ४७ हजार ९ सय ५० रूपैया बराबरको विभिन्न समानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको सो विज्ञप्तिमा लेखिएको छ।
प्रहरी चौकी पथलैयाबाट खटेको प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको हो। प्रहरी वरिष्ट नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वमा खटेको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.०१ पथलैया चौकमा ट्रकको जाँच गरेको हो ।
गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ८ ख ४५६३नं. को ट्रकलाई रोकी जाँच गर्दा अनुमानित ६५ लाख,२९ हजार नौ सय ५० रुपैयाँ बराबरको कस्मेटिक, जुत्ता, कपडा, औषधी,हाडवेयर लगायतका अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जानकारी प्रहरीले दिएको छ।
यस्तै प्रहरी चौकी मटिअर्वाबाट प्रहरी हवल्दार प्रितम पटेलको कमाण्डमा खटिएको गस्ती टोलीले कलैया उप–महानगरपालिका वडा नं.१०शनिचरा मठ नजिकबाट सामान बरामद गरेको छ।
भारतबाट नेपाल तर्फ टाउकोमा बोकी रू एक लाख अठार हजार बराबरकोकपडाहरू लुकाई छुपाई ल्याउदै गरेको अवस्थामा गस्ती टोलीलाई देखी कपडा फाली फरार रहेकोले उक्त समानहरू नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जानकारी प्रहरीले दिएको छ।


