ट्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु

साझेदारी दैनिक
374 पाठक संख्या

राम मण्डल/
पर्सामा ट्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट पर्साको धोविनी गाउँपालिका–३ गुलरिया बस्ने वर्ष ७२ की महेसिया देवीको मृत्यु भएको हो । पटेर्वा सुगौली गाउँपालिका– ४ स्थित सडकखण्डमा मे. १ त ४८१७ नम्बरको ट्याक्टरले साईकलमा सवार उनी र उनका श्रीमान प्रसाद हजरालाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए ।

घाईते भएका उनको उपचारको क्रममा नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता दिपक गिरीले जानकारी दिए ।घाइते हजराको उपचार भइरहेको तथा ट्याक्टर चालक कालिकामाई गाउँपालिका–२ बस्ने महेन्द्र सहनीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको गिरीले बताए ।

Leave a review

This will close in 0 seconds