युवकको हत्या गरी फरार रहेका दम्पती चार महिनापछि पक्राउ

साझेदारी दैनिक
527 पाठक संख्या

रञ्जन यादव

बारा प्रहरीले चार महिनापछि एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई भारतबाट पक्राउ गरी सार्बजनिक गरेको छ ।

बिश्रामपुर गाँउपालिका वडा नम्बर ५ इटियाहीमा मंसिर २७ गते भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पती पत्नीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भिष्वाका २४ वर्षीय रामु भन्ने कैलाश महतो र उनकी पत्नी २० वर्षीया रौशनी देवी रहेको बारा प्रहरीले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ राजानगरका २२ वर्षीय महेश साहको हत्या गरी भारतको विभिन्न क्षेत्रमा लुक्दै आएका उनिहरुलाई नेपाल–भारत सिमा क्षेत्रबाट बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन । घटनापछि रौशनी र कैलाश भारतको बिहार, दिल्ली, केरलामा लुकेर बसेका थिए ।

भारत प्रहरीसंगको समन्वयमा पक्राउ गरिएका उनिहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए । पक्राउ परेका दम्पतीले महेशको हत्या गरी इटियाहीस्थित भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा शव लुकाएर फरार भएका थिए ।

डिस ‘केवल’ को तारले घाँटी कसेर महेशको हत्या गरेको र अपराध लुकाउन परालको भुसमा शव लुकाएर उनिहरु फरार भएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो । मृतक महेश र कैलाशकी पत्नी रौशनीबीच प्रेम सम्बन्ध रहेको र सोही कारण घटना भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार महेश र रौशनी लामो समयदेखि ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहदै आएका थिए ।

घटनाको दिन महेश र रौशनीबीच इटियाहीमा भेट्दै गर्दा पति कैलाश आएको र सोही समयमा विवाद भएपछि पतीपत्नी मिलेर हत्या गरेको प्रहरी उपरीक्षक बोगटीले बताए । दुवैजना लिभिङ टुगेदरमा बस्दै आएका थिए । दुवैबीच विवाह हुने कुरा समेत भएको थियो ।

तर रौशनी विवाहित भएका कारण महेशका परिवारले मानेका थिएन्न । रौशनी र महेश मंसिर २७ गते भेट गरिरहेको स्थानमा कैलाश पुगे र सोही क्रममा विवाद भएपछि दुवै पतीपत्नी मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Leave a review