पर्सा प्रहरीद्धारा एक करोड ७० लाखको सामान र सवारी नियन्त्रणमा

साझेदारी दैनिक
309 पाठक संख्या

पर्सा प्रहरीले वीरगञ्जबाट तीन दिनको अवधिमा बिल बिजक भन्दा बढी सामानहरु लोड भएको तीन वटा सवारी साधनसहित सो मा लोड गरिएको सामानहरु नियन्त्रणमा लिएको छ ।

प्रहरीले सोमबार,मंगलबार र बुधबार गरि दुई दिनमा एक करोड ७० लाख भन्दा बढीको तीन वटा ट्रक एउटा ट्याक्टर र सामान नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका–१६ नगवा स्थित बाईपास सडकखण्डमा ना ८ ख ३५८४ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्दा सोमा लोड भएको ट्रकसहित ३१ लख ८९ हजार ९३६ रुपैयाको सामान प्रहरीले फेला पारेको थियो ।

उक्त सामानहरु बिल बिजक भन्दा बढी भएको प्रहरीले जानकारी दिएको छ । ट्रक वीरगञ्जको आईसिपीबाट छुटेको थियो । त्यस्तै वीरगञ्ज–१६ बोखार चोकमा प्रहरीले घण्टाघरबाट वीरगञ्जबाट नारायणघाट तर्फ जाँदै गरेको ना.३ ख ७७४१ नम्बरको मालवाहक ट्रक चेकजाँच गर्दा सोमा बिल बिजक भन्दा बढी सामानहरु लोड भएको पाएको थियो ।ट्रकसहित सामानको मुल्याँकन ६३ लाख प्रहरीले गरेको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका–४ रेल्वेरोड स्थित सडकखण्डबाट ना.३ ख ६९९ नम्बरको मालवाहक कन्टेनरमा बिल बिजक भन्दा बढी सामान लोड भएको दाबी गरेको छ ।कन्टेनर र सामानको मुल्याँकन पर्सा प्रहरीका अनुसार ५८ लाख गरिएको छ ।

यस्तै सोमबार वीरगञ्ज महानगरपालिका–२५ चण्डालचोक स्थित सडकखण्डबाट बीआर ०५ जि ए नम्बरको भारतीय ट्याक्टरलाई जाँच गर्ने क्रममा विल विजक भन्दा बढी बेरिङ्गहरू लोड रहेको प्रहरीले फेला पारेको थियो ।

ट्याक्टर र सोमा लोड गरिएको विभिन्न किसिमका बेरिङ्गहरूको मुल्यांकन अठार लाख २२ हजार ३४७ गरिएको प्रहरीको भनाई छ । बरामद गरिएको सवारी साधन र सामानहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

Leave a review