पर्सा प्रहरीद्धारा एक करोड ७० लाखको सामान र सवारी नियन्त्रणमा

साझेदारी दैनिक
साझेदारी दैनिक 134 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

पर्सा प्रहरीले वीरगञ्जबाट तीन दिनको अवधिमा बिल बिजक भन्दा बढी सामानहरु लोड भएको तीन वटा सवारी साधनसहित सो मा लोड गरिएको सामानहरु नियन्त्रणमा लिएको छ ।

प्रहरीले सोमबार,मंगलबार र बुधबार गरि दुई दिनमा एक करोड ७० लाख भन्दा बढीको तीन वटा ट्रक एउटा ट्याक्टर र सामान नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका–१६ नगवा स्थित बाईपास सडकखण्डमा ना ८ ख ३५८४ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्दा सोमा लोड भएको ट्रकसहित ३१ लख ८९ हजार ९३६ रुपैयाको सामान प्रहरीले फेला पारेको थियो ।

उक्त सामानहरु बिल बिजक भन्दा बढी भएको प्रहरीले जानकारी दिएको छ । ट्रक वीरगञ्जको आईसिपीबाट छुटेको थियो । त्यस्तै वीरगञ्ज–१६ बोखार चोकमा प्रहरीले घण्टाघरबाट वीरगञ्जबाट नारायणघाट तर्फ जाँदै गरेको ना.३ ख ७७४१ नम्बरको मालवाहक ट्रक चेकजाँच गर्दा सोमा बिल बिजक भन्दा बढी सामानहरु लोड भएको पाएको थियो ।ट्रकसहित सामानको मुल्याँकन ६३ लाख प्रहरीले गरेको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका–४ रेल्वेरोड स्थित सडकखण्डबाट ना.३ ख ६९९ नम्बरको मालवाहक कन्टेनरमा बिल बिजक भन्दा बढी सामान लोड भएको दाबी गरेको छ ।कन्टेनर र सामानको मुल्याँकन पर्सा प्रहरीका अनुसार ५८ लाख गरिएको छ ।

यस्तै सोमबार वीरगञ्ज महानगरपालिका–२५ चण्डालचोक स्थित सडकखण्डबाट बीआर ०५ जि ए नम्बरको भारतीय ट्याक्टरलाई जाँच गर्ने क्रममा विल विजक भन्दा बढी बेरिङ्गहरू लोड रहेको प्रहरीले फेला पारेको थियो ।

ट्याक्टर र सोमा लोड गरिएको विभिन्न किसिमका बेरिङ्गहरूको मुल्यांकन अठार लाख २२ हजार ३४७ गरिएको प्रहरीको भनाई छ । बरामद गरिएको सवारी साधन र सामानहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस
Leave a review