माधवनारायणमा स्वास्थ्य चौकीको शिलान्यास

साझेदारी दैनिक
साझेदारी दैनिक 120 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सुभाष कुमार मिश्र/
रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ मा बन्न लागेको दुई कोठे स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ ।

बुधबार एक समारोहका बीच माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव र वडा नं–६ का वडा अध्यक्ष राम नरेश राय यादवले संयुक्त रूपमा स्वास्थ्य चौकी माधोपुरमा दुई कोठे भवनको शिलान्यास गरेका छन् ।

शिलान्यास गर्दै मेयर यादवले संविधानले प्रत्याभूत गरेको निशुल्क स्वास्थ्य सेवा पु¥याउने अभियानलाई सहयोग गर्नका लागि स्वास्थ्य चौकीले सहयोग पु¥याउने बताएका छन ।

नगरपालिकाको २४ लाख रुपैयाँ भन्दा बढीको लागतमा निर्माण हुने उक्त स्वास्थ्य चौकी असार मसान्त भित्रमा निर्माण कार्य सम्पन्न हुनेगरी कार्य द्रुत गतिमा अगाडी बढाइएको वडा अध्यक्ष यादवले बताए।

मेयर यादवको सक्रियता तथा लगनशीलताले आउँदो पाँच वर्षमा नगरपालिकामा ठूलो परिवर्तन हुने निश्चित रहेको उनको भनाई छ।

नगरपालिकामा प्रयाप्त स्वास्थ्य चौकी भएसंगै अब आफ्नै गाउँ ठाँउमा सर्भसुलभ सेवा पाउने भन्दै स्थानीय बासी निकै हर्सित भएका छन।

समाचार शेयर गर्नुहोस
Leave a review