पर्साका पालिकाहरुमा अख्तियार आयोगको छड्के नजर, सवै स्थानीय तहका विभिन्न योजनाका फाईलहरु छानबिन गर्दै

साझेदारी दैनिक
499 पाठक संख्या

राम मण्डल/
पर्सा जिल्लामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली घुमिरहेको छ ।

अख्तियारले जिल्लाका १४ वटै स्थानीय तहहरुका विभिन्न योजनाका फाईल छानबिन गर्न टोली परिचालन भईरहेको छ ।

पालिकाहरुमा भ्रष्टाचारको सिमा नाघेपछि स्थानीयले उजुरी पनि बढी दिएका छन । सोही उजुरीको बिषयमा अख्तियारले छानबिन गरिरहेको छ ।

अहिले तीनदिन देखि अख्तियारको हेटौडाबाट आएको टोलीले पर्साका पालिकाहरुमा पुगेर फाईलहरु छानबिन गरिरहेको अख्तियारको हेटौडासिथ्त कार्यालयका सुचना अधिकारी बिष्णु सापकोटाले जानकारी दिए ।

कार्यालयमा परेको उजुरीको आधारमा त्यसलाई छानबिनको लागि अख्तियारले बारम्बार फाईलहरु पठाई दिन पर्साका पालिकाहरुलाई आग्रह गरेपनि पालिकाहरुले फाईल नपठाएपछि अख्तियार आफै पर्साका पालिकामा छानबिन गर्न आई पुगेको सापकोटाले बताए ।

उनका अनुसार पर्साका १४ वटै पालिकाहरुको बिरुद्ध अख्तियारमा भ्रष्टाचारका उजुरीहरु परेका छन ।

त्यही उजुरीहरुको छानबिनको लागि अख्तियारको टोली पर्सामा पुगेको छ । पर्साका १४ वटै पालिकाहरुमा भएका भौतिक बिकाश रोड नाला समबन्धि कार्यमा भैष्टाचार भएको भनि उजुरी बढी परेकाले ईन्जिनियरसहितको टोली पर्सामा पुगेको जानकारी दिए ।

‘हाम्रो टोली तिनचारदिन पहिले देखि नै गएको हो पर्सामा त्यहाँ पालिकाहरुमा भएका बिकाशका कार्यमा भ्रष्टाचार समबन्धि उजुरी छानबिन गर्नको लागि टोली गएको हो,‘उनले भने,स्थानीय तहलाई हामीले फाईला माँग गरेका थियौ उनीहरुले पठाएका छैनन त्यही भएर कार्यालय आफै ईन्जिनियरसहित पर्साका पालिकामा पुगको छ ।

’पर्सामा रहेका १४ वटै पालिकाहरुमा अहिले जनप्रतिनिधी तथा कर्मचारीहरुले खुलेआम कमिशन मागने गरेको स्थानीयहरुले आरोप लगाएका छन । बिना कमिशनको सानो भन्दा सानो भुक्तानी समेत पालिकाले गर्न नमान्ने गरेको स्थानीयबासीहरुको भनाई छ ।

Leave a review

This will close in 0 seconds