बारा प्रहरीले लाँगु औषध गाँजा मुद्दामा फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी उनीहरुलाई पक्राउ गरेको हो ।
लाँगु औषध गाँजा मुद्दामा अदालतबाट एक वर्ष नौ महिना १८ दिन कैद सजाय पाएका बाराको निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी ४८ वर्षीय रामकृष्ण मिश्रालाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

