नेपाल प्रेस युनियन बाराको ७ औं जिल्ला अधिवेशनको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
1.2k पाठक संख्या

सन्दिप यादव /

बाराको सदरमुकाम कलैया स्थित करण राज पार्टी प्यालेसको सभा हलमा सोमबार एक कार्यक्रम आयोजना गरि नेपाल प्रेस युनियन बारा शाखाको नव निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

हालै सम्पन्न भएको नेपाल प्रेस युनियन बारा शाखाको साताैं जिल्ला अधिवेशनबाट युनियनकाे अध्यक्षमा श्यामबाबु यादव दाेश्राे कार्यकालका लागि सर्वसम्मतबाट चयन भएका थिए ।

अधिवेशनबाट १५ सदस्यीय समिति गठन गरिएको थियो।युनियनको जिल्ला उपाध्यक्षमा बसन्त खतिवडा पनि दाेश्राे कार्यकालका लागि सर्वसम्मत चयन भएका थिए। समावेशी उपाध्यक्षमा अनिल कुमार साह, सचिवमा राजेश कुशवाहा, सह-सचिवमा बिनिता चाैधरी तथा काेषाध्यक्षमा अरुण साह पनि सर्वसम्मत चयन हुनु भएका थिए ।

यस्तै सदस्यमा प्रभु यादव, सन्दिप यादव ,पवन सिंह, चन्दन कुमार चन्दन, विनयराज शर्मा, अन्जली गुप्ता, राहुल गुप्ता, नुर आलम बादसाह लगायत चयन हुनु भएका थिए ।

निर्वाचन समितिका संयोजक अधिवक्ता एकरामुल हकको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य गणेश रिजाल रहनु भएका थिए ।

निर्वाचन समितिका संयोजक अधिवक्ता एकरामुल हकले नव निर्वाचित नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइ हार्दिक बधाई एवम् आगामी कार्यकालको सफलताको शुभकामना सहित प्रमाण-पत्र हस्तान्तरण गर्नु भएका थिए ।

नव निर्वाचित नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू यादवले नव निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइ हार्दिक बधाई एवम् आगामी कार्यकालको सफलताको शुभकामना सहित प्रमाण-पत्र हस्तान्तरण गर्नु भएका थिए ।

उक्त कार्यक्रमको विशिस्ट अतिथि नेपाल प्रेस युनियन मधेस प्रदेशका सदस्य संजीव मिश्रा,नेपाल पत्रकार महासंघ बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डेय, पुर्व सचिव जयनारायण यादव , सुजित आर्याल र अतिथिमा बसन्त शर्मा, धिरेन्द्र पुनहर लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सन्चालन निवेश कुमार तिमिल्सिनाले गरेका थिए ।

Leave a review

This will close in 0 seconds