थारु माघी सास्कृतिक महोत्सवको पत्रकार सम्मेलन सम्पन्न

साझेदारी दैनिक
521 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ बाराको जितपुरसिमरा उपमहानगरपालिका वाड न ४ औरहामा थारु माघी सास्कृतिक महोत्सवको पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

यस बर्षको थारु माघी सास्कृतिक महोत्सव सम्पन्न गर्न अनुमानित बजेट १६ लाख रहेको आर्थिक संयोजक सुनिल कुमार चौधरीले जानकारी गराउनु भएको हो ।

था क स जिल्ला सचिव यादव कृष्ण चौधरीले थारु अग्रजहरुको अथक प्रयासले २००५ सालमा वैधानिक रुपमा थारुहरुको सर्वाङिन बिकासको लागि एक मात्र छाता संगठन थारु कल्याणकारीणि सभाको स्थापना भएको बताउनु भयो ।

समाजमा रहेको कुरुती,बिसङती,शिक्षामा कसरी सुधार ल्याउन था क स ले अहम भुमिका खेल्दै आएको बताउनु भयो ।

कार्यक्रमको सभापति रामप्रसाद चौधरीले यो बर्षको महोत्सव पौष २९ गते देखि माघ २ गते सम्म रहने छ र सम्पुर्ण पत्रकारहरुलाइ थारु माघी सास्कृतिक महोत्सव २०८१ लाई आ आफ्नो संचार गृहबाट समाचार सम्प्रेषण गरेर आम जनसमुदाय समक्ष पुर्याइ दिन हुन आग्रह गर्नु भयो ।

महोत्सवमा मनोरंजनको लागि विभिन्न किसिमको खेल तमासा रोटे पिङ र विभिन्न प्रकारको थारु खानाको स्टल रहेको जानकारी गराउनु भयो ।

थारु कल्याणकारीणी सभा जिल्ला कार्य समिती बाराका सभापति रामप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी थारु कल्याणकारीणी सभाका पुर्व केन्द्रिय सदस्य हृदयनारायण चौधरी,विशिष्ट अतिथी था क स बाराका उपसभापति लक्ष्मीकान्त प्यारेलाल चौधरी,महिला उपसभापति सुमिन्त्रा देवि चौधरी,जितपुरसिमरा वडा न १३ का वडा अध्यक्ष हेमनारायण चौधरी,था क स जितपुरसिमरा नगर सभापति राजेन्द्र चौधरी,उपसभापति बिनोद चौधरी,कोषाध्यक्ष रामराजा चौधरी,सदस्यहरु रामाकन्त चौधरी,सुदिप चौधरी,पुर्व प्रदेश सान्सद सुन्दर बि क पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा,पत्रकारहरु दिवाकर भण्डारी,अनिल तिवारी,प्रकाश लम्साल,नवीन चौधरी,बिनिता चौधरी,लगाएत विभिन्न संचार गृहक पत्रकारहरु लगायत थारु अगुवा व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds