सन्दिप यादव/
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरे पछी कलैयाको भरत चौकमा गठबन्धन दलद्वारा भव्य स्वागत सहित दिप प्रज्वलन गरिएको छ ।
राष्ट्रपति पौडेलले बुधवार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गरि नागरिकता विधेयक थियो । प्रमाणीकरण गर्न २०८०।०२।१२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट लेखी आएकोमा नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम विधेयक प्रमाणीकरण राष्ट्रपति पौडेलले गरेका छन् ।
अघिल्लो संसदले २ पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकताविधेयक प्रमाणीकरण गरेका छन् ।
बुधवार बेलुका भएको दिप प्रज्वलन कार्यक्रममा लोसपा पार्टीका नेता श्याम गुप्ता, जसपा पार्टी नेपालका नेता चुमनबाबू, जसपा पार्टी नेपाल बाराका सचिव मुर्तुजा अन्सारी,लोसपा पार्टीका नगर अध्यक्ष जय प्रकाश साह, सागर पटेल सहित गठबन्धन दलका नेताहरु लगायतको सहभागी रहेको थियोे ।
तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलको अध्यक्षतामा एवम पुर्वमन्त्री कलावती पासवानको प्रमुख आतिथ्यमा भएको स्वागत तथा दिपप्रज्वलन कार्यक्रममा गठबन्धन दलका नेताहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रमको सन्चालन नेविसंघका नेता नेजामुदिन अन्सारीले गरेका थिए भने स्वागत नेपाली कांग्रेसका नेता तथा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पुर्व वार्डअध्यक्ष जट्टाशन्कर सहनीले गरेका थिए ।