प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव फागुन ५ गतेबाट सुरु हुँदै

साझेदारी दैनिक
475 पाठक संख्या

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा चौथो चन्द्रपुर महोत्सव लाग्ने भएको छ ।

चन्द्रपुर नगर उद्योग बाणिज्य संघ चन्द्रनिगाहपुरको आयोजना,चन्द्रपुर नगरपालिकाको संरक्षण साथै चन्द्रनिगाहपुर सिटि जेसिज,लायन्स क्लब रौतहटको सहआयोजना साथै होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको सहयोग एवं मधेस प्रदेश सरकार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयको मुख्य सहयोगमा महोत्सव आयोजना हुन लागेको चन्द्रपुर नगर उधोग बाणिज्री संघले जनाएको छ ।

फाल्गुण ५ गते देखि १७ गते सम्म लाग्ने महोत्सवमा स्थानीय कृषि तथा लघु उत्पादन एवं ब्यबसायिक प्रदर्शनी र बिक्री स्टल लगायत राष्ट्रिय अन्तराष्ट्रिय स्तरका कलाकार हरुको सांस्कृतिक प्रस्तुति र खेल मनोरञ्जनका सामग्री बाल उद्यान समेत रहने गरी “कृषि पर्यटन उद्योग व्यापार,संमृद्धिको मुख्य आधार” भन्ने मूल नाराका साथ तुलसीलाल अमात्य स्मृती रंगशाला चन्द्रपुर ४ चन्द्रनिगाहपुरमा आयोजना हुने आयोजक संघका अध्यक्ष उदय नारायण सापकोटाले जानकारी दिए ।

महोत्सव अवधिभरि राष्ट्रिय अन्तराष्ट्रिय स्तरका कलाकार हरुको बेजोड प्रस्तुति रहने छ ।

रमेश मेलोडी,रचना शिवाकोटी,अस्मिता कार्की,पुष्पा थापा,राजन चौधरी,रवि किसन यादव,श्री कृष्ण लुइटेल (बोके दारी),ढाकाराम पौडेल,अस्मिता कार्की,रुद्रसेन विश्वकर्मा,ज्योती मगर,सरिता दानकुटी (भोजपुरी नायिका) प्रमोद जखमी (भोजपुरी गायक),समीक्षा अधिकारी(विश्व कीर्तिमानी जादुगर),कृष्ण काफ्ले लगायतका कलाकारको प्रस्तुति रहने महोत्सवको प्रबेश शुल्क १०० रुपैयाँ राखिएको सापकोटाले जानकारी दिए ।

Leave a review