आफ्नै १४ दिने शिशुको हत्या गरेको आरोपमा अंसारी काठमाडौंबाट पक्राउ

श्यामबाबु यादव
श्यामबाबु यादव 2.4k पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

आफ्नै १४ दिने नवजात शिशुको हत्या गरेको आरोपमा एक जना काठमाडौंबाट पक्राउ परेका छन् ।

बाराको देवताल गाउँपालिका वडा नं. ४ पिप्राढी टोल बस्ने सर्फुदिन अंसारीको छोरा वर्ष २५ को नुर आलम अंसारीले आफ्नो नवजात शिशु १४ दिनको छोरालाई हत्या गरी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराले खोजतलास गरी पक्राउ गरिदिन पत्राचार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई गरेको थियो ।

उनलाई काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं. १५ ढुंगेअड्डा पिपलबोट बाट अंसारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको छ । उनले जेठ १४ गते उक्त घटना गरेर फरार रहेका थिए ।

प्रहरीले अन्सारीलाई काठमाडौँबाट नियन्त्रण लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review