बाल एकता सेकेन्डरी ईङग्लिस बोर्डिङ स्कुल +२ बिज्ञान तथा म्यानेजमेन्ट कलेजले कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाइ सम्मान सहित भब्य बिदाई गरेको छ।
बाराको सदरमुकाम कलैयास्थित करणराज पार्टी प्यालेसको सभाहलमा शनिबार एक कार्यक्रम आयोजना गरी बाल एकता सेकेन्डरी ईङग्लिस बोर्डिङ स्कुल +२ बिज्ञान तथा म्यानेजमेन्ट कलेजले कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाइ सम्मान सहित बिदाई गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका शिक्षा,युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत बिजय अधिकारीले पानसमा बत्ती बाली विदाई कार्यक्रमको उद्घाटन गरेका थिए ।
कलैया उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत अधिकारीले बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सबैमा सफलताको कामना गरे । उनले देशका लागि योग्य दक्ष बन्न सबैलाई शुभकामना व्यक्त गरे । मोबाइलको दुरुपयोग नगर्न तथा मोबाइलमा बढी समय बेथित नगर्न उनले सुझाव दिए । आफ्नो उद्देश्य प्रति लाग्न समेत बिद्यार्थीहरुलाई उनले आग्रह गरे ।
डाक्टर,इन्जिनियर हुदैमा पूर्ण रुपले मानिस हुदैन भन्दै मानिस ईमान्दार हुनुपर्ने संदेश समेत उनले दिए ।
विद्यालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोलासाह सोनारको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कक्षा १२ मा अध्ययनरत ८० जना छात्रछात्राहरुलाई बिदाई गरिएको हो । कक्षा ११ र १२ गरी कलेजमा एक सय १० जना छात्रछात्राहरु अध्ययन गरिरहेको +२ कलेजका संयोजक प्रमुख प्रिन्स कुमार सिंहले बताएका छन् ।
कलेजले कक्षा १२ को विज्ञानतर्फ तेस्रो र म्यानेजमेन्ट तर्फ दोश्रो ब्याचको बिदाई गरेको हो । अध्ययन सिकाईलाई डिजिटल कलेज बनाउने संयोजक प्रमुख सिंहले बताएका छन् ।
उक्त कार्यक्रममा श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय ब्रहमपुरी स्कुलका प्रधानाध्यापक रमेश कुशवाहा र शिक्षक आसमहम्मद मन्सुरले शुभकामना मन्तव्य दिएका थिए ।
यता विद्यार्थी दिपावली साहले समेत बाराको एकदम राम्रो शैक्षिक संस्था बाल एकता रहेको बताउदै यसमा पढ्न पाउनु खुशिको कुरा भएको बताईन् ।
उक्त कार्यक्रमको विद्यालयका सह प्रबन्धक संगीता सरार्फ, प्रिन्स कुमार सिंह,सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरका फाउण्डर प्रिन्सिपल तथा डाईरेक्टर सन्तोष कुमार साह,नेपाल भारत मैत्री संघका प्रदेश सचिव पवन अग्रवाल,श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय प्रस्टोका बेलैयाका वैधनाथ,रेयाज अन्सारी तथा कलेजका शिक्षकसहित विद्यार्थी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
बाल एकता बोडिङ्ग स्कुलका प्रधानाध्यापक प्रबन्धक निर्देशक सुमोध कुमार सरार्फले स्वागत गरेका थिए ।
सो कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक अनुज श्रीवास्तव,सहकर्मी विद्यार्थी आदित्य पाण्डे र राबिया आलमले गरेका हुन् ।

