नेपाली कांग्रेसबाट हलखोरीया साझेदारी बन व्यवस्थापन समितिको अध्यक्ष पदका उम्मेदवार भट्टराई

साझेदारी दैनिक
साझेदारी दैनिक 244 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

साझेदारी संवाददाता/

हलखोरीया साझेदारी वन ब्यवस्थापन समितीको नयाँ नेतृत्वका लागी माहोल तातेको छ । भोलि हुने निर्वाचनका लागी पार्टीगत रुपमा नेतृत्व चयनको आ आफ्नै तयारीमा उम्मेदवारहरु देखिएका छन् ।

कांग्रेसका तर्फबाट विकल्प भट्टराईलाई साझा उम्मेदवारका रुपमा रहेका छन् । बिहिबार काँग्रेस निकट आकाँक्षी उम्मेद्वारहरुको वैठकले पाँच उम्मेद्वारबाट भट्टराईलाई चयन गरिएको हो ।

काँग्रेसका तर्फबाट वर्तमान अध्यक्ष रविन्द्र सिंह, काँग्रेसका वडा सभापती ओमराज पाण्डे, हरिलाल यादव,जट्टाशंकर सहनी गरी पाँच जना आकाँक्षीबाट भट्टराईलाई साझा उम्मेद्वारमा प्रस्ताव गरिएको छ ।

नेपाली काँग्रेसका यूवा नेता, व्यवस्थापन, समाजशास्त्र र सूचना प्रविधिमा स्नातकोर गरेका शिक्षित यूवा विकल्प भट्टराई रहेका छन्

आज पाँचौ अधिवेशनको उद्घाटन सत्र र वन्द सत्र सम्पन्न हुने र भोलि निर्वाचन गराईने निर्वाचन समितीले जानकारी दिएका छन् ।

हलखोरीया साझोदारी वन ६ वटा पालीका स्थित ५२ वडाका करिव ३५ हजार घरधुरीले सेवा लिइरहेका छन् ।

 

 

 

समाचार शेयर गर्नुहोस
Leave a review