पर्सा,बारामा अनिश्चितकालिन निषेधाज्ञा

साझेदारी दैनिक
साझेदारी दैनिक 451 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
जिल्ला प्रशासन कार्यालय पर्साले बीरगञ्जमा मात्र लागु गरिएको निषेधाज्ञा आजदेखि पर्सा जिल्ला भरि लागु गरिएको छ ।
जिल्लामा बढदै गएको कोरोना सँक्रमणलाई रोक्न बीरगञ्ज महानगरपालिका क्षेत्रभरिमात्रै लागु गरिएको निषेधाज्ञा आज बिहान ५ बजेदेखि पर्सा जिल्ला भरि जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी     दिए ।

गत साउन १० गतेदेखि अर्को आदेश नभईन्जेल बीरगञ्ज महानगरभित्र मात्र जारी गरिएको निषेधाज्ञालाई जिल्ला प्रशासन कार्यालय पर्सामा आईतवार बसेको सँकट ब्यावस्थपन समितिको बैठकले जिल्ला भरि लागु गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधि भरि शान्ति सुरक्षा तथा सुब्यावस्था, स्वास्थ्य, खानेपानी, दुध, बिधुत, दमकल, सञ्चार, भन्सार, आईसिपी, ड्राइपोर्ट, बैक, क्वारेन्टाईन, फोहोर ब्यावस्थापन, ईन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवा बाहेक सम्पुर्ण पसल उधोग, सेवा बन्द गरिएको छ ।

\यस्तै सो अवधि भरि भारतसित सिमाना जोडिएका सिमानाकाबाट मानिसको आवागमन निषेध गरिएको छ । निषेधाज्ञा अवज्ञा अवहेलना गर्ने वा काममा बाधा गर्ने ब्यक्तिलाई सँक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२० अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कोभिड १९ को सँक्रमण रोकथाम नियन्त्रणका लागि तथा शान्ति सुरक्षा कायम गर्न धेरै सँक्रमण देखिएका तथा अति जोखिममा रहेका स्थानमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशास ऐन २०२८ को दफा ३ को उप दफा २ अनुसार नेपाली सेना समेत परिचालन गर्ने पर्साका सहायक प्रजिअ बस्नेतले बताए ।

यसैगरी बारामा पनि आईतवारदेखी अनिश्चितकालीन निषेधाज्ञा लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले शनिवार नै सूचना जारी गरि आईतवारदेखी जिल्लाभारका विभिन्न पालिका तथा स्थानहरुमा निषेधाज्ञा जारी गरेको हो ।

समाचार शेयर गर्नुहोस
Leave a review