सिमराको कोरोना अस्पतालमा स्वास्थ्यकर्मीको अभाव,स्वास्थ्यकर्मीे नहुदा अस्पतालको काम अस्त ब्यस्त

साझेदारी दैनिक
साझेदारी दैनिक 619 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कोरोना बिशेष अस्थाई अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । स्वास्थ्यकर्मीको अभावमा अस्पतालको काम अस्तब्यस्त बनेको छ । उपमहानगरपालिकामा भएका केही स्वास्थ्यकर्मीहरुको सरुवा भएका, केही बिदामा रहेका र केही कोरोना पोजेटिभ देखिँदा यस्तो स्वास्थ्यकर्मी अवस्था सिर्जना भएको हो ।

स्वास्थ्यकर्मीको अभाव हुँदा कोरोना संक्रमितको हेरचाहको अभाव,जनचेतनामुलक कार्यक्रम नगरमा प्रभावकारी रुपले प्रचारप्रसार नहुनु र सही ढङगले तथ्याङकहरु सङकलन र बिश्लेषण हुन सकिरहेको छैन् ।

कोरोना बिशेष अस्थाई अस्पतालमा भएका तीन जना डाक्टरहरुमा अहिले हालमा एक जना मात्र डाक्टर कार्यरत रहेका छन् । तीन मध्ये एक जनाको सरुवा भएको छ भने एक जना कोरोना पोजेटिभ देखिएका छन् ।

त्यस्तै सिमराका बिशेष अस्पतालमा भएका तीन जना स्बाब सङकलन कर्ता ल्याब टेक्निसयनहरु मध्ये हालमा एक जना मात्र कार्यरत रहेका छन् । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन महाशाखामा कार्यरत पाँच जना स्वास्थ्यकर्मीहरुमध्ये शाखा प्रमुख रबि भाष्कर र एक जना अहेब अधिकृत तहका कर्मचारी कार्य दौरान कोरोना पाजेटिभ देखिइएका छन् ।

त्यस्तै नर्सिङ अधिकृत र आयुर्वेद अधिकृत तहका कर्मचारी काम बिशेषले बाहिर नै रहनुभएको छ ।हालमा उक्त शाखाका सिनियर अहेब अधिकृत तहका कर्मचारी जीतन ठाकुरलाई कोरोना फोकल पर्सनको जिम्मेवारी दिएको छ । उहाँ हालमा एक्लै शाखाबाट कार्यरत रहनुभएको छ ।

उपमहानगरपालिकाको फिल्डमा खटिने कुल स्वास्थ्यकर्मीहरुमध्ये करिब १२ प्रतिशत भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना पाजेटिभ देखिएको कोरोना फोकल पर्सन ठाकुरले जानकारी दिनुभयो । “असाढ मसान्तसम्म कामको चाप कम हुँदा पर्याप्त कर्मचारीहरु थिए ,ठाकुरले भने , हालमा कामको चाप बढेको छ ।

असाढसम्म दिनमा ५०। ६० जनाको स्वाब सङकलन हुने अस्पतालमा साउन यता सय देखि २ सम्म स्बाब सङकलन भईरहेको छ । स्वास्थ्यकर्मीहरुको सङख्या बढ्नुपर्नेमा झन घट्दै गएको छ ।”

हालसालैमा संकलन गरिएका स्वाबहरु नारायणी अस्पतालको प्रयोगशाला र हेटौडा अस्पतालको प्रयोगशालाले स्वाब लिन नमानेपछि काठमाडौको टेकु स्थित केन्द्रिय प्रयोगशालामा पठाउने गरिएको छ । अहिले जीतपुरसिमरा उपमहानगरपालिकामा ९६ जना कोरोना संक्रमीतहरु रहेका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review