एन आर एनए साउदीको नवौं महाधिवेशनको तयारी तिव्र

साझेदारी दैनिक
223 पाठक संख्या

साउदी अरब ः

नेपालीका लागि नेपाली भन्ने नाराका साथ साउदी अरबमा कृयाशिल संस्थागैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको नवौं राष्ट्रिय महाधिवेशन तथा बृहत सांस्कृतिक कार्यक्रमको तयारी तिव्रताका साथ भइरहेको छ ।

संस्थाका राष्ट्रिय अन्तराष्ट्रिय पदाधिकारीहरुको समुपस्थितीमा यहि जुलाई २८ तारिखका दिन साउदी अरबको राजधानी रियादशहरको एक्जिट नाईन सोना मार्केट पछाडी रहेको समर पार्टी प्यालेसमा कार्यक्रम हुनगइरहेको आयोजक रियाद क्षेत्रीय कमिटीका सन्जोग पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा साउदी अरबका विभिन्न शहरमा रहेका नेपालीकलाकारहरुबाट बृहत सांगितिकतथा सांस्कृतिक कार्यक्रमहरु समेत रहने आयोजक संस्थाले जनाएको छ ।
आयोजक संस्थाले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभाागिताका लागि अनुरोध समेत गरेको छ ।

Leave a review

This will close in 0 seconds