जीतपुरमा गणेश चतुर्थि महोत्सव शुरु हात्ती घोडासहितको शोभा यात्रा

रञ्जन यादव
359 पाठक संख्या

बाराको जीतपुरमा श्री सिद्धिबिनायक गणेश चतुर्थी पुजा महोत्सव सुरु भएको छ ।

पुजा समितिका अध्यक्ष श्रीराम साह कानुले गणेश चतुर्थि पुजाआजबाट सुरु भई एक हप्ता सम्म चल्ने जानकारी दिनुभयो ।

गत साल २ सय ६१ किलोको लड्डु बनाईएको थियो भने यस बर्ष २ सय ७१ किलोको लड्डु पुजा स्थलमा बनाईएको अध्यक्ष कानुले बताए । पुजा अवधिभरी करिब ७ लाख रुपैयासम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

पुजाको मंगलवार पहिलो दिन हात्ती,घोडा सहित शोभा यात्रा निकालिएको छ । शोभा यात्रा जीतपुर परिक्रममा गरेको थियो । गणेश चतुर्थी पुजामा असोज ४ र ६ गते बिशेष झाँकी रहने पुजा समितिले जनाएको छ ।

हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य,कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडी गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्वीहरूबिच एउटा चर्चित भनाई नै छ,“शुभ कार्यको श्री गणेश गर्ने“।

शुभकार्यको शुभारम्भ गर्दा त्यस्तै पुजा आराधना गर्दा सबैभन्दा पहिला पूजाअर्चना गर्ने श्री गणेशको जन्मदिन विशेष रुपमा गणेश चतुर्थी पर्व मनाउने परम्परा रहिआएको छ ।

Leave a review

This will close in 0 seconds