Sajhedari Daily
Latest News from Nepal

राष्ट्र निर्माण मञ्च नेपालद्वारा खाद्यान्न तथा सरसफाई सामाग्री वितरण

मकवानपुरको बकैया गाउपालिकामा खाद्यान्न तथा सरसफाई सामाग्री वितरण गरिएको छ ।राष्ट्र निर्माण मञ्च नेपालले मकवानपुरको बकैया गाउपालिका वडा नम्बर २ मा उक्त सामाग्रीहरु वितरण गरेको मंचका अध्यक्ष निर्मल उप्रेतीले बताएका छन ।

मंचले गाउपालिका वडा नम्बर २ को सरस्वती,भमरा,तीनढुंगे र दमाई चौरका ६० घर परिवारलाई उक्त सामाग्रीहरु वितरण गरेको उप्रेतीले बताएका छन । कोरोना भाईरस संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथामका लागि भएको लक डाउनबाट प्रभावित आर्थिक रुपमा बिपन्न भएकाहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको हो । कार्यक्रममा चामल, दाल, तेल, साबुन लगायतको सामाग्रीहरु वितरण गरेको जनाएको छ ।

नेविसंघ नेता विष्णु खड्काको सहजीकरण र मंचका अध्यक्ष उप्रेतीको सभापतित्वमा सम्पन्न खाद्यान्न तथा सरसफाई सामाग्री वितरण कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बिरमान लामा, मंचका अध्यक्ष हिरा थापा मगर, निजगढका यातायात व्यवसायी बिकास उप्रेती लगायतको सहभागिता रहेको थियो ।

कोरोना भाईरस विरुद्धको हाम्रो लडाई,गर्नुपर्छ है निरन्तर शरीरको सरसफाई भन्ने नारा सहित मंचले अहिले खाद्यान्न र सरसफाई सम्बन्धि सामाग्रीहरु वितरण गरिरहेको छ । मंचले यसअघि निजगढको रतनपुर र बाराको कोल्हवीमा पनि सामाग्रीहरु वितरण गरेको थियो ।