कोल्हवीमा प्रभातफेरि गरि संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० मनाइयो

साझेदारी दैनिक
640 पाठक संख्या

धिरेन्द्र पनुहर/

बाराको कोल्हवी नगरपालिकाको आयोजनामा बुधबार नेपालको राष्ट्रिय झन्डा,संबिधान दिवस सफल पारौ र बिभिन्न किसिमको प्ले कार्ड सहित कोल्हवी बजारको परिक्रमा गरी सभ्य र भब्य तरिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरीको सभापतित्वमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले बिरुवामा पानी हालेर कार्यक्रमको उदघाटन गर्नु भएको हो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका रामप्रसाद चौधरीले यो संविधानमा हरेक जात जातिको हक अधिकार समावेश गरिएको तर केहि बुदाहरुलाइ कार्यान्वयन नगरेकोले छिटो भन्दा छिटो कार्यान्वयन होस भनि संघीय सरकार संग जोरदार माग गर्नु भएको छ । यो संविधानले नै तिन तहको सरकारको व्यस्था गरेको प्रष्ट पार्नु भयो ।

महिलाको हक अधिकार,महिला कोटा,दलित कोटा,जनजाति कोटा,मुस्लिम कोटा,मदेसि कोटा यो सब यहि संविधानको उपज रहेको बताएका छन् । संविधान भित्र रहेका त्रुटीहरुलाइ सच्याउदै सबै राजनितिक दल एक जुट भएर अगाडि बढ़न सबैमा आग्रह समेत गर्नु भयो ।

यस नगरपालिकाले आउदो दिनमा न पा मा कार्यरत कर्मचारी,स्वास्थका कर्मचारी लगाएत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाइ पुरस्कृत गर्ने योजना रहेको जानकारी दिनु भयो र यस न पा भित्रका बिधालयमा कार्यरत शिक्षक शिक्षिका र बिद्यार्थीहरु पुरस्कृत गरेर शुरूवात गरेको हो उहाले बताउनु भयो ।

कोल्हबि न पा भित्र रहेका कक्षा १२,एसइइ र कक्षा ८ मा उत्कृष्ट जि पि ए ल्याउन सफल हुने बिद्यार्थीहरुलाइ आवश्यक समान सहितको ब्याग दिएर पुरस्कृत गरेको हो ।

कक्षा १२ मा श्री जनता मा बि ककडि परसौनाका छात्रा शर्मिला कुमारी चौधरी ३.४४ जिपिए प्राप्त गरि नगरको प्रथम स्थान,सोहि बिधालयका रेनुका चौधरी ३.२८ जिपिए प्राप्त गरि दोस्रो स्थान र श्री अनुप दिपनी मा बि कोल्हबिका कबिता गुप्ता २.९१ जिपिए प्राप्त गरि तेर्सो भएको हो ।

तेस्तै एस इ इ मा मनि माबि थसकौलका छात्रा सन्ध्या चौधरी ३.५६ जिपिए प्राप्त गरि नगरकै प्रथम हुन सफल भएको छ । दोस्रो र तेस्रो स्थान सोहि बिधालयका रितु चौधरी ३.४४ र राधा चौधरीले ३.२० जिपिए प्राप्त गरेका छन।

कार्यक्रममा कक्षा ८ मा उत्कृष्ट जिपिए प्राप्त गरेका बिद्यार्थीहरुलाइ पुरस्कार र नगर भरिका उत्कृष्ट शिक्षकहरुलाइ दोसल्ला ओढाएर सम्मान गरेको हो ।

कार्यक्रममा कोल्हबि नगरपालिका वडा न ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,लोसपाका कोल्हबि नगर कमिटी अध्यक्ष हरिचन्द्र पनुहर, रा प्र पा का प्रतिनिधि राजेन्द्र मैनाली,नेकपा माओवादी केन्द्रका अध्यक्ष रामचन्द्र साफि,नेपाली कांग्रेसका नगर सभापति बिरेन्द्र प्रसाद चौधरी,ईलाका प्रशासन कोल्हबिका प्रमुख नबिन चौधरी कोल्हबी नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र चौधरी पुर्व मेयर भरत बहादुर भण्डारी लगाएतकोले शुभकामना मन्तव्य राखेका थिए ।

कोल्हवी नगरपालिका वाड न १ देखि ११ सम्मका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कोल्हवी नगर उधोग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद जयसवाल,इलाका प्रहरी कार्यालयका कोल्हाबिका प्रहरी निरीक्षक भोला मान सिंह अधिकारी,सशस्त्र बेश क्याम्प कोल्हाबिका प्रमुख बिश्वनाथ यादव,बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु,सहकारीका प्रतिनिधिहरु,नगर भरिका बिधार्थीहरु,शिक्षक,शिक्षिका र स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राजहरन चौधरीले गर्नु भएको थियो भने संचालन लोकनाथ ओलिले गरेका थिए ।

Leave a review