नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सपहीका तीन शिक्षकको बिदाई

साझेदारी दैनिक
263 पाठक संख्या

कोल्हवी : धीरेन्द्र पनुहर / बाराको कोल्हबी नगरपालिका – ४ सपहीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा तिन शिक्षकको विदाई भएको छ।

एक कार्यक्रमको बिच दुई जना शिक्षक र एक शिक्षिकाको विदाई गरिएको हो। बिदाई हुने शिक्षकहरुमा निवर्तमान प्रधानाध्यापक भुनेश्वर प्रसाद चौधरी, शिक्षक रबिन्द्र चौधरी र शिक्षिका गोमा अधिकारी रहेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद सिवाकोटीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि कोल्हबी नगरपालिकाका निवर्तमान नगर प्रमुख भरतबहादुर भण्डारी रहेका थिए।

सो कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान मेयर भण्डारीले बिदाई भएका शिक्षकहरुमा भुनेश्वर चौधरी ,रबिन्द्र चौधरी र गोमा अधिकारीले विद्यालयमा गरेको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा कोल्हबी नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिष्णुप्रसाद मैनाली, वडा सदस्य शम्भु चौधरी, देवकान्त चौधरी, उर्मिला चौधरी कालिका बि कको उपस्थिति रहेको हो। सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु ,विद्यालयका शिक्षक,कर्मचारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

तुलसीराम ढकालले संचालन गरेको उक्त कार्यक्रममा स्वागत प्रधानाध्यापक हरिप्रसाद पराजुलीको थियो।

Leave a review

This will close in 0 seconds