रञ्जन यादब/
विभिन्न विवादका कारण हुन नसकेको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा सिमरामा सम्पन्न भएको छ ।
कोरोना भाईरसको महामारीका कारण जिल्लामा जारी रहेको निषेधाज्ञा भएकै बेला शुक्रवार उपमहानगरपालिकाको चौथो नगरसभा सिमरामा गरिएको हो ।
नगर सभामा उपप्रमुख सरस्वती देबी चौधरीले आर्थिब बर्ष २०७७।०७८ को लागि एक अर्ब ३७ करोड ९४ लाख ४ हजार ८० रुपैया बरावरको बजेट तथा कार्यक्रमहरु प्रस्तु गरिन ।
उपमहानगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ को लागि आन्तरिक स्रोतबाट आय ४२ करोड ६२ लाख ८० हजार रुपैया, राजश्व बाडफाडबाट १९ करोड ४९ लाख ८ हजार ८० रुपैया, अन्तर सरकारी बित्तिय हस्तान्तरण बापत २९ करोड ८ लाख ५६ हजार रुपैया, सशर्ततर्फ ४४ करोड ९४ लाख रुपैया र अनुदानतर्फ १ करोड २५ लाख रुपैयाको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
यस्तै आर्थिक बिकास क्षेत्रको कार्यक्रम सञ्चालनका लागि नगरस्तरमा रु ३ करोड ५० लाख, समाजिक बिकासका लागि १० करोड ३८ लाख ८५ हजार, नगरस्तरीय योजना कार्यान्वयनको लागि १७ करोड ३३ लाख रुपैया, कोरोना महामारी नियन्त्रण र बिपत्त ब्यवस्थापनको लागि ५ करोड रुपैया र सार्बजनिक सेवा प्रबाह तथा सुशासन क्षेत्रका लागि २ करोड २१ लाख रुपैया छुटरयाईएको उप्रमुख चौधरीले जानकारी गराईन ।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नगरको बिनियोजन ऐन सर्बसम्मत रुपमा पारित गरिएको थियो । समाजिक दुरी कायम गरी गरिएको कार्यक्रममा नगर सभामा उपस्थित सम्पुर्ण सदस्यहरुलाई सेनिटाईज गरी मास्क र ग्लोभ्स लगाएर मात्र सभा हलमा प्रबेश गर्न दिएको थियो ।
नगर सभामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव जी प्रसाद, प्रशासन शाखा प्रमुख रामेश्वर बञ्जारा, योजना शाखा प्रमुख रमेश सुबेदी ,२४ वटै वडाका वडा अध्यक्ष र वडा सदस्य लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।