अत्याधुनिक शैलीमा जीतपुर बजारमा खोलियो द बियरड सप,बिउँटी सलोन

रञ्जन यादव
436 पाठक संख्या

रञ्जन यादब/

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले अत्याधुनिक शैलीमा जीतपुर बजारमा खोलिएको ‘द बियरड सप ,बिउँटी सलोन’ को शुक्रबार उद्घाटन गरेका छन् ।

लामिछानेले आफ्नो कपाल काटेर सैलुनको उद्घाटन गरे । बिरगंज महानगरपालिकाको बिरगंजमा २ स्थानमा ‘द बियरड सप ,बिउँटी सलोन’को शाखाहरु रहेका छन् ।

सैलुनको पछिल्लो तेस्रो जीतपुरमा रहेको शाखाको उनले उद्घाटन गरेका हुन् ।सञ्चालक बिशाल ठाकुरका अनुसार १७ लाख रुपैयााको लगानीमा जीतपुरमा शाखा राखिएको हो ।

स्थानीय युवाहरु रिसाल साह ,राजेश ठाकुर र बिशाल साहले संयुक्त रुपमा लगानी गरी‘ द बियरड सप ,बिउँटी सलोन’ सञ्चालनमा ल्याएका हुन् ।

उद्घाटनपछि बोल्दै नगर उद्योग बाणिज्य संघका अध्यक्ष लामिछानेले नेपाली युवाको बढ्दो विदेश पलायनलाई रोक्न र नेपालमा रोजगारीको अवसर सिर्जना गर्न यस्ता व्यवसायलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

Leave a review

This will close in 0 seconds