कलैया, १४ माघ
बारामा मुस्लीम र हिन्दु युवाहरुवीच झगडामा परि मृत्यु भएका राधेश्याम पटेललाई यथाशिघ्र धार्मिक शहिद घोषणा गर्न विश्व हिन्दू परिषदले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
परिषद्ले शुक्रवार मन्त्रालयमा नै नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको हो । परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहको नेतृत्वमा गएको टोलीले धार्मिक पटेललाई तत्काल शहिद घोषणा र क्षतिपुर्तिको उपलब्ध गराउन माग सहित गृहमन्त्री खाँडलाई ज्ञापनपत्र बुझाएको परिषदका दिपक आचार्यले जानकारी गराएका छन ।
परिषदले गत माघ १० गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफल र सहमति अनुसार स्व.पटेललाई यथाशिघ्र धार्मिक शहिद घोषणा गरी निजको परिवारले पाउनुपर्ने क्षतिपुर्ति भराईपाउन, दोषी उपर कडा भन्दा कडा कार्वाही हुनुपर्ने माग गरेको छ ।
यस्तै परिषदले स्थानीय प्रशासन सहित रोहवरमा भएका सहमति अन्य विषयहरु अबिलम्ब कार्यान्वयन गर्न माग समेत गरेको छ । सरकारी पक्षबाटै सहमति गराउने तर सहमति कार्यान्वयन नगर्ने हो भने घटनाले फेरी उग्ररूप लिने संकेत देखिएको हुदा सो को जिम्मेवारी नेपाल सरकार नै हुने भन्दै परिषद् सचेत गराएको छ ।
गत कार्तिक २५ गते छठपर्व मनाउने क्रममा हिन्दू भक्तहरू र स्थानीय मुस्लिम युवाहरू बीच विवाद भई झैँ–झगडा इनरवारी बस्ने राजकुमार राउत कुर्मीका छोरा वर्ष १८ का राधेश्यामलाई मुस्लिम युवाहरूले लाठी, ढुङ्गा, मुढा गरी कुटपिट गरेका थिए ।
कुटपिटबाट राधेश्यामको टाउकोमा गम्भीर चोट लागि उपचारका लागि वीरगन्जमा भर्ना गरिएको र उपचारकै क्रममा यही पुस २१ गते निधन थियो । सो घटनाका विषमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको संयोजकत्वमा माघ १० गतेका दिन पीडित पक्ष, राजनैतिक दलका प्रतिनिधि, स्थानीय संचारकर्मीको उपस्थितिमा छलफल पश्चात स्वा. राधेश्याम पटेलका परिवारलाई उपचारमा खर्च भएको रू ११ लाख २४ हजार क्षतिपुर्ति बापत र शहितले पाउने छुट्टै रू१० लाख गरि २१ लाख २४ हजार उपलब्ध गराउने सहमति र धार्मिक शहिद घोषणा सहमति भएको थियो ।
उक्त सहमतिको कार्यन्वयन सम्बन्धमा बाराका प्रमुख जिल्ला अधिकारीले पत्र गृह मन्त्रालय पठाईसकेको बताईए पनि हालसम्म पीडितका परिवारले राहत पाउन सकेको छैनन् ।
राधेश्याम पटेललाई यथाशिघ्र धार्मिक शहिद घोषणा गर्न विश्व हिन्दू परिषदद्धारा नेपाल सरकारलाई ध्यानाकर्षण
Leave a review
Leave a review


