बाराको कोल्हबिमा थारु कल्याणकारीको नवौ जिल्ला अधिवेशन सम्पन्न

साझेदारी दैनिक
820 पाठक संख्या

धीरेन्द्र पनुहर/

बाराको कोल्हवीमा थारु कल्याणकारीणी सभाको जिल्ला अधिवेशन कोल्हवीमा सम्पन्न भएको छ ।

कोल्हवी नगरपालिका वडा न २ मा रहेको होटेल मिस्टिक तराईमा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष रामप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि थारु कल्याणकारी सभाको केन्द्रिय सदस्य हृदयनारायण चौधरीले पानसमा बति बालेर कार्यक्रमलाइ उदघाटन गर्नु भएको थियो।

प्रमुख अतिथि समेत रहनु भएका हृदयनारायण चौधरीले हामीले बोलेको कुरा र गरेका बाचाहरुलाइ ब्यवहारमा उतार्न नसकेकोले पछाडी परेको बताउनु भयो ।

थारुहरु जुनसुकै दलमा आबद्धता भएपनि थारु समाजलाइ अगाडी बढाउन एक जुट भएर जान उपस्थित सम्पूर्ण थारु समुदायलाइ आग्रह गर्नु भयो ।

उक्त कार्यक्रममा कोल्हवी नगर कमिटीका सभापति रामनाथ चौधरी , कोषाध्यक्ष भुवन चौधरी जितपुर सिमरा उपमहानगरका नगर सभापति राजेन्द्र चौधरी , कलैया उपमहानगरका नगर सभापति जियालाल चौधरी ,थारु भाषा साहित्यका उपाध्यक्ष महेन्द्र चौधरी , तपेश्वर राय थारु, रबिन्द्र पनुहर लगाएतकोले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पुर्व सभासद दिलमाया धामी ,थारु अगुवा गिरधारी चौधरी ,श्रीदेवि चौधरी ,श्यमा देवि चौधरी , महेन्द्र चौधरी ,रबिन्द्र पनुहर, लक्ष्मी कान्त प्यारेलाल, हरेक नगरका सभापति ,गाउ इकाईका सभापति लगाए जिल्ला भरिका करिब दुई हजार थारु अगुवा व्यतित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य संजय कुमार चौधरी गर्नु भएको थियो भने संचालन यादव कृष्णा चौधरीले गरेका थिए ।

थारु कल्याणकारी सभा बाराको नयाँ पदाधिकारी चयनका लागि भोलि शनिवार १० बजे होटल मिस्टिक तराईमा बन्द सत्र हुने र पहिलो प्राथमिकतामा सके सम्म सहमतिको प्रयास हुने नभए निर्वाचन प्रक्रिया अनुरुप नयाँ पधाधिकारी चयन गरिने आयोजकले जनाएको छ।

Leave a review

This will close in 0 seconds