नेशनल मेडिकल कलेजका एमडी अन्सारी र ल्याब ईन्चार्ज साहलाई पाँच दिन थुनामा राख्न आदेश

राम मण्डल
726 पाठक संख्या

पर्सा जिल्ला अदालतले नेशनल मेडिकल कलेजका एमडी र ल्याब ईन्चार्जलाई थप पाँच दिन थुनामा राख्न आदेश दिएको छ ।

कालोबजारी मुद्दामा बुधबार जिल्ला अदालतले अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न आदेश दिएको हो ।कलेजका एमडी सहनवाज अन्सारी र ल्याब इन्चार्ज संजय साहलाई म्याद थपका लागि बुधबार पर्सा प्रहरीले अदालतमा पेश गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाका अनुसार अन्सारी र साह अस्पतालमा भर्ना रहेका छन् ।

अनुगमनको क्रममा नेशनल मेडिकल कलेजको ल्याबमा म्याद गुज्रिएको केमिकल भेटिएपछि प्रहरीले दुबैजनालाई पक्राउ गरेको थियो ।उनीहरुलाई अदालतले यसअघि दुई दिन थुनामा राख्न आदेश दिएको थियो ।

नेशनल मेडिकल कलेजका ल्याबका डा.साहलाई रिहा गर्न नेपाल चिकित्सक संघले माँग गरेको छ । नेपाल चिकित्सक संघ नारायणी शाखाले प्रेस बिज्ञप्ति जारी गरी यस्तो माग गरेको हो ।

अनुगमनको क्रममा प्रहरीले पक्राउ गरेको डा.साहलाई रिहा गर्न संघले माँग गरेको हो । डा. साहको मान मर्दन हुने गरि अपराधिक शैलीमा प्रहरी प्रशासनले पकाउ गरी लगेको घट्ना प्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको हो ।

पेशागत दायित्व निर्वाह गर्ने क्रममा कहिं कतै सामान्य कमिकमजोरी त्रुटि भएमा त्यसको सत्यतथ्य छानविन गर्ने कानुनी विधि प्रक्रियाहरु रहेको संघले विज्ञप्तिमा जानकारी गराएको छ ।

सँघका नारायणी शाखाका सचिव डा.नौसाद हकद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत डा.साहलाई अबिलम्ब रिहा गर्न गर्दै उनलाई न्याय दिलाउनका संघ,नारायणी शाखा जुनसुकै संघर्ष गर्न पछि नपर्ने समेत चेतावनी समेत दिईएको छ ।

Leave a review