श्रीमतीकै योजनामा भारतीय नागरिक सिंहको हत्या भएको प्रहरीद्धारा सार्बजनिक

संदिप प्रसाद यादव
2.5k पाठक संख्या

संदिप प्रसाद यादव/

भारतीय नागरिक अजित कुमार सिंहको हत्याको आरोपमा बारा प्रहरीले उनको आफ्नै श्रीमतीलाई पक्राउ गरेको छ ।

प्रहरीले उनको श्रीमती सोहन सहनीको योजनामा हत्या भएको तथ्य पत्रकार सम्मेलन गरि बाहिर ल्याएको छ ।

असोज ९ गते बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा अजितकुमार सिंहको गोली हानेर हत्या गरिएको थियो ।सिंहको हत्याको मुख्य योजनाकार नै उनीकी श्रीमति सोहन सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सुरेश काफ्ले बताए । हत्यामा संलग्न आरोपमा प्रहरीले अजितकी पत्नी २३ वर्षीय सोनम सहनी सिंहलाई पक्राउ गरेर आइतवार सार्वजनिक गरेको छ ।

नेपाल भारत सिमानाको ७ सय मिटर पोखरीको डिल नीर २२ वर्षीय अजित कुमारको गोली प्रहारबाट हत्या भएको थियो । हत्याको मुख्य योजनाकारको आरोपमा प्रहरीले अजितकी पत्नी २३ वर्षीय सोनम सहनी सिंहलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सुजित कुमार सिंहको समूहले सोनम सिंहसँग मिलेर अजित कुमार सिंहको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।हत्या अरोपित सुजितकुमार सिंह र सोनम सहनी विवाहेत्तर सम्बन्धमा थिए ।

विवाहेत्तर सम्बन्धका कारण सुजितले सोनमसंग मिलेर हत्या गर्ने योजना बनाएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिएका छन् ।मृतक पत्नी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन् । उक्त घटना भएको दिन अजितले चलाएको मोटरसाइकलमा सुजितकुमार सिंह पछाडि बसेर आएका थिए ।

अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थलको रेकी गरेका थिए भने लक्ष्मीनियामा आएपछि मोटरसाइकल रोक्न लगाएर सुजित कुमारले अजितलाई गोली प्रहार गरेका थिए ।करिब ३ वर्षअघि भारतको घोडासनमा मृतक र आरोपित मिलेर सुन लुटपाट गरेका थिए । सुनको ८ लाख नगदबारे उनीहरू बीचमा विवाद भएको अनुसन्धानबाट पुष्टि भएको छ ।बाराका एसपी काफ्लेका अनुसार सुन बेचेर आएको रकम उनीहरुले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए ।

छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएका थिए ।उक्त हत्यापछि सुजितले बाराको सिम्रौनगढस्थित डेरामा बस्ने सोनमलाई फोन गरेर काम भएको जानकारी दिँदै कोठाबाट भाग्न भनेका थिए ।

हत्यामा संलग्न सुटर सुजितकुमार सिंहसहित ४ जना फरार रहेका छन् ।पक्राउ परेकी सोनम सहनी सिंहलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भैरहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्ले ले बताएका छन् ।

सो समूहले २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

२०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई सो समूहले गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

Leave a review