वेबसाईट बनाउन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस् : +977-9861436955

बाराको सिमरामा प्रदेश स्तरीय पाँच सय शैयाको आइसोलेसन निर्माण हुने

रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोरना महामारी रोगथामका लागि प्रदेश स्तरीय ५ सय शैयाको आइसोलेसन निर्माण हुने भएको छ ।

स्थानीयहरुबाट व्यापक गुनासो र आलोचना आउन थालेपछि नगरले प्रमुख जिल्ला अधिकारी सहितको रोहवरमा तयारी अगाडी बढाएको हो । नगरको वडा नम्वर दुईमा स्थापना गरिएको कोरना अस्थाई अस्पतालको स्तर बृद्धि गरी ४ सय र पथलैया तालिम केन्दमा एक सय सैयाको आइसोलेसन केन्द्र निर्माण गरिने बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभएको छ ।

यसका लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री र आइसोलेसन निर्माणको बोलपत्र आह्वान गरी नियमानुसार गर्ने निर्णयमा उल्लेख गरिएको प्रजिअ पण्डितले बताए । यसका लागि प्रदेश सरकारबाट एक करोड सत्तरी लाख बजेट निकासा भएकोले चाडै नै सिमरा स्थित अस्थाई कोरना अस्पतामा पाँच सय शैयाको अस्पताल बनाउने कार्य सुरु हुने जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले बताएका छन ।

यसअघि नगरउद्योग बाणिज्य संघकाको प्रयासमा नगरभित्रै आइसोलेसन निर्माण हुनु पर्ने, नेपाल सरकारले तोकेको मापदण्ड पुरा गर्न सक्नेले होम क्वारेनटाइमा बस्न पाउन पर्ने लगायतका सात बुँदे सुझाव पत्र स्थानीयहरुले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।

आईतवार नगर प्रमुख डा. पौडेलको अध्यक्षतमा सिमरामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी पण्डित, प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, नेकपा जिल्ला कमिटी अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!