राष्ट्रिय चुरे दिवसको अवसरमा अन्तरक्रिया एवम वृक्षारोपण

साझेदारी दैनिक
503 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ भू तथा जलाधार व्यवस्थापन कार्यालय वीरगञ्ज पर्साको आयोजनामा ११ औं राष्ट्रिय चुरे दिवस २०८२ को अवसरमा अन्र्तक्रिया एवम् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

बाराको कोल्हबी नगरपालिका वडा न २ मा रहेको पातालगङा सिमसार क्षेत्रमा वृक्षारोपण गरिएको हो।

कार्यक्रममा शुभकामना मन्तव्य वडा न २ का वडा सदस्य दुर्गाबहादुर श्रेष्ठ,रबिन्द्र पनुहर लगायतकाले व्यक्त गरे। ११ औ चुरे दिवसलाइ सम्बोधन गर्दै वरिष्ठ अधिकृत वीरेन्द्र प्रसाद पटेलले चुरेलाइ योङेष्ट हिल भन्ने गरिएको जनाए।

पताल गंगा सिमसारलाइ संरक्षण गर्न सबैको दायित्व रहेको उनले जनाए। सबैले आ–आफ्नो स्थानबाट यसलाइ जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न उनले आग्रह गरे। तामागढी साझेदारी बन र सब डिभिजन वन कार्यालय कोल्हबी र स्थानीय तहले यसको संरक्षणको लागि अहम भूमिका निर्वाह गर्न उनले आग्रह गरे।

त्यस्तै डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झाले यो पातालगङा सिमसार १२ हेक्टर जग्गामा फैलिएको जनाए। बन्य जन्तुहरुको लागि यो सिमसारलाई जोगाउन पर्ने कुरामा उनले जोड दिए। चुरे दिवसको अवसर पारेर पातालगङा सिमसार क्षेत्रमा रहेको मुहान सरसफाइ गर्नुको साथै विभिन्न प्रजातीका बिरुवाहरु रोपिएको छ।

कार्यालयका वरिष्ठ व्यवस्थापन अधिकृत वीरेन्द्र प्रसाद पटेलको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा डिभिजन बन कार्यालय बाराका प्रमुख राजिव झा,तामागढी साझेदारी बनका अध्यक्ष रबिन्द्र पनुहर,उपाध्यक्ष संजय यादव,सदस्य कैलास बि क,कोल्हवी नगरपालिका वडा न २ का वडा सदस्य दुर्गा बहादुर श्रेष्ठ,युवा नेता गौरभ चौधरी तथा सञ्चारकर्मीहरु लगायतको उक्त अवसरमा उपस्थिति रहेको थियो ।

Leave a review