राम मण्डल/
वीरगञ्जमा गरिएको परिक्षणमा थप २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा आईतबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
जिल्लाको पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर, २२ र २३ वर्षका स्वास्थ्यकमी, नारायणी अस्पतालमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकमीमा पनि कोरोना सँक्रमण पुष्टि भएको संक्रमण पुष्टि भएको मेडिकल सुपरीटेण्डेन डा.मदन उपाध्यायले बताए । यस्तै पोखरिया नगरपालिका १ का वडाध्यक्षमा समेत कोरोना सँक्रमणको पुष्टि भएको छ ।
यसैगरी बाराको जीतपुरसिमरा उपमहानगरपालिका २३ रामपुरटोकनीमा रहेको म्यागनेस फर्माका दुई पुरुष र एक महिला गरी तीन जना मजदुरहरुमा समेत कोरोना देखिएको छ ।
सँक्रमितहरु मध्ये वीरगञ्ज महानगरपालिकाका श्रीपुर, आदर्श नगर, नगवा छपकैया, विर्ता, लगायतका टोलहरुमा समेत कोरोना सँक्रमण देखिएको नारायणी अस्पताल वीरगञ्जले जानकारी दिएको छ ।