कलैया : राजेश कुशवाहा/ नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द निधीले कांग्रेसको एक सय दिने अयिभानले पार्टी भित्रको गुट उपगुटलाई अन्त्य गर्ने बताएका छन्।
नेपाल प्रेस युनियन बाराले बिहीबार कलैयास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री निधीले यस्तो बताएका हुन्।
अभियानले पार्टी सुदृढीकरण गर्नुका साथै कांग्रेस भित्र एकता कायम गर्ने उनको भनाई रहेको थियो । २०८४को आम निर्वाचनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको उनले बताए।
अभियान अन्तर्गत कांग्रेसलाई कसरी बलियो बनाउने,क्रियाशिल सदस्यको नविकरण गरिने उनले बताए ।उनले संघीय लोकतान्त्रिक प्रणालीलाई सफल बनाउनका लागि समेत अभियान महत्वपूर्ण रहेको जानकारी दिए। कांग्रेस र एमालेको गठबन्धन टिक्ने उनले दावी गरे। कांग्रेसको भबिष्य उज्वल रहेको उनको भनाई रहेको थियो।
उनले ब्यतmी केन्द्रित राजनीति होइन बिचार केन्द्रित राजनीति गर्न कार्यकर्ताहरुसंग आग्रह गरे। उनले कांग्रेसले देशलाई बन्धक नबनाएको समेत बताए। नेपाली कांग्रेस देशमा संकट परेको बेला अग्रणी भूमिका निर्वाह गर्ने पार्टी रहेको बताए।
दोस्रो निजगढ अन्र्तराष्ट्रिय बिमानस्थल, द्रुत मार्ग निर्माण भएपछि देशको अर्थतन्त्रले ठुलो फडको मार्ने उनले बताए ।कांग्रेस नेतृत्वको सरकारले देशमा मल उद्योग स्थापना गर्न ध्यान दिने समेत उनले बताए ।
उनले आफु भौतिक पूर्र्वाधार मन्त्री हुदा बाराको बसतपुर –कटहरीया -पसाह खोला,जमुनीया – धर्मनगर बेनौली – तियर खोला ,नयाँवस्ती – रामनगर -काँट खोलामा पुल निर्माण सम्पन्न भएको जानकारी गराए ।
गण्डक नहर= सडक, सुवर्ण (कवहीगोठ)–महागढीमाई (बरियारपुर) सडक,महागढीमाई – पत्रहट्टी– प्रिप्राढी हुदै सनफूलवा कवही सडक,महागढीमाईमा बबुआईन – कवहीजब्दी– बगडमपुर सडक , बसतपुर चौक नहर – बसतपुर– पसाह पुलसम्म अमवा कटहरीया– सनफूलवा सडक निर्माण भएको उनले बताए ।यसैगरी फास्ट ट्रयाक, निजगढ अन्र्तराष्ट्रिय बिमान स्थल निर्माण शुरु भएको उनले जनाए।
उनले कवहीगोठ भन्सार, मटीअर्वा भन्सार र कचोर्वा भन्सारको स्तरोन्नतिका लागि पहल गरेको बताए।
एक सय दिने अभियान अन्तर्गत माघ ११ गते शुक्रबार साढे ११ बजे प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को आयोजनामा पार्टी कार्यालय कलैयामा, माघ १२ गते शनिबार साढे ११ बजे प्रतिनिधि सभा क्षेत्र ४ को आयोजनामा प्रसौनीमा, माघ १३ गते आईतबार प्रतिनिधि सभा क्षेत्र २ को आयोजनामा सुवर्ण गाउँपालिका वडा नम्बर १ बगही पोखरीमा, माघ १४ गते सोमबार साढे ११ बजे प्रतिनिधि सभा क्षेत्र नम्बर १ को आयोजनामा नेपाली कांग्रेस पार्टी कार्यालय खोपवा बारागढीमा, माघ १६ गते बुधबार साढे ११ बजे जिल्ला कार्य समितिको आयोजनामा पार्टी कार्यालय कलैयामा कार्यक्रम गर्ने निर्णय गरिएको छ।
युनियन बाराका अध्यक्ष श्यामबाबु यादवको अध्यक्षतामा उक्त पत्रकार सम्मेलन सम्पन्न भएको हो।पत्रकार सम्मेलनको सञ्चालन युनियन बाराका जिल्ला सचिव राजेश कुशवाहाको रहेको थियो ।

