तिन महिना ढिलो गरी माधवनारायण नगरपालिकाको आठौं नगर सभा सम्पन्न

साझेदारी दैनिक
231 पाठक संख्या

करण कुमार मिश्र/

तिन महिना ढिलो गरी रौतहटको माधवनारायण नगरपालिकाकोे आठौं नगर सभा शुक्रबार सम्पन्न भएको छ ।

स्थानिय तहहरुले असार १० गतेभित्र नगर सभा सम्पन्न गरिसक्नु पर्ने कानुनी प्रावधान भएपनि जनप्रतिनिधिबीच बिवाद हुँदा माधवनारायण नगरपालिकाकाको नगर सभा समयमै हुन सकेन् ।

शुक्रबार नगरपालिकाको सभाहलमा नगर प्रमुख बैजनाथ प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले यस चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ५३ करोड भन्दा बढीको बजेट ल्याएको छ ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता राखेर चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ५३ करोड ३० लाख ४४ हजार रूपैयाँ बजेट ल्याएको छ ।

नगरपालिकाले आफना ८ औं नगरसभाबाट आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम समेत सर्वजानिक गरेको हो ।

मेयर बैजनाथ प्रसाद यादवले प्रस्तुत गरेको उक्त बजेटमा संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान १० करोड ९४ लाख, सशर्त अनुदान १९ करोड ३५ लाख २१ हजार ८ सय, चालू खर्च (राजस्व बाँडफाँट) ९ करोड ३५ लाख २१ हजार ८ सय रुपैयाँ प्राप्त भएको छ ।

त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ७८ लाख ८७ हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख रुपैया रहेकोे छ ।

त्यस्तै संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदान एक करोड, समपूरक अनुदान एक करोड रहेको छ ।

नगरपालिकाको आन्तरिक श्रोत र केन्द्र तथा प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने मौज्दात गरी ८ करोड ९३ लाख ३५ हजार रुपैया रहेको छ । नगरपालिकबाले प्रस्तुत गरेको आफना नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

सो अवसरमा नगर उपप्रमुख निर्माला देवी रमन,प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, योजना प्रमुख कृष्णनन्दन यादव लगायत पालिकाका सम्पुर्ण कर्मचारी नगरका सम्पुर्ण जनप्रतिनिधि कार्यपालिका सदस्य तथा पत्रकारको उपस्थिति रहेको थियो ।

Leave a review