हातेमालो साकोसले ६६ करोड रुपैयाको कारोबार २ करोड ७० लाख रुपैया नाफा आर्जन

रञ्जन यादव
414 पाठक संख्या

रञ्जन यादब/

बाराको सिमरा स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्षमा ६६ करोड रुपैयाको कारोबार गर्न सफल भएको छ ।

संँस्थाको सिमरामा भएको १६ औं वार्षिक साधारण सभामा अध्यक्ष यज्ञ बहादुर आलेले सञ्चालक समितीको तर्फबाट प्रस्तुत गर्नुभएको प्रतिबेदनमा ४ हजार भन्दा बढी सदस्यहरुसँग बित्तिय सहकार्य गरेर ६६ करोड रुपैयाको कारोबार गरेको उल्लेख छ ।

संस्थाले आर्थिक बर्ष २०७८।०७९ मा करिब ५.७ करोडको शेयर पुँजी ,४४ करोडको बचत र ५१.५ करोड लगानी रहेको जनाएको छ ।

आर्थिक बर्ष २०७९।०८० मा संस्थाले २ करोड ७० लाख रुपैया नाफा आर्जन गरेको छ भने शेयर सदस्यहरुलाई १५.५२ प्रतिशत लाभाँस बितरण गर्ने निर्णय गरेको छ ।

सभाका अवसरमा सबै भन्दावढी कारोबार गर्ने योगदानकर्ता १४ जनालाई संरक्षीत कोषको रकम समेत वितरण गरेको छ ।

संरक्षित पुँजी फिर्ता कोषबाट कारोबारको आधारमा कर्जामा तिरेको ब्याजको ३.५९ र बचतमा पाएको ब्याजमा ४.३३ प्रतिशत हुने रकम सँस्थाले फिर्ता गर्ने निर्णय गरेको संस्थाका ब्यवस्थापक महेश ढुङ्गेलले जानकारी दिए ।

थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले गर्नुभएको थियो ।

सहकारीले आवद्ध सदस्यको हितमा काम गर्दै उनीहरुको मन जित्न सके मात्रै सफल हुने उनले बताए ।

सहकारीको नाम लिँदा बाराको हातेमालो पहिलो नम्बरमा परिचित रहेको आफुले पाएको भन्दै उहाँले अहिले सम्म आफ्नो क्षेत्रमा सहकारीले पिडित बनायो भन्दै भन्न कोही नआएको जानकारी दिए ।

त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले साना साना सहकारीले गुणात्मक एकिकरण गरेको तर ठुल्ठुला सहकारीले गुणात्क गर्न नसकेकाले त्यसको अगुवाई हातेमालोले लिई अगाडि बढाउँनुपर्नेमा जोड दिए ।

जसमा जीतपुरसिमरा उपमहानगरपालिकाको साथ र सहयोग रहने प्रतिबधता ब्यक्त गरे ।

उद्घाटन कार्यक्रममा निवर्तमान मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, प्रदेश सभाका पूर्व सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, पूर्व प्रमुख कृष्ण पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय संचालक हरेराम पटेल, नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्की, वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, नेकपा एमालेका प्रदेश सदस्य मनोज पौडेल, नेपाली काँग्रेसका नगर समिति सभापति छवी शर्मा, नेकपा माओवादी केन्द्रका नगर अधयक्ष प्रेम बराल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सहकारी क्षेत्रका प्रतिनिधि, शेयर सदस्यको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव दीपक भट्टले गरेका थिए भने बरिष्ठ उपाध्यक्ष संजय साहले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a review