नगौलका स्थानीयहरु वडा कार्यालय घेराउ

रञ्जन यादव
526 पाठक संख्या

सुकुमबासी,भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेका स्थानीयलाई ब्यवस्थि गर्न वडा कार्यालय गम्भिर नभएको भन्दै नगौलका स्थानीयहरु आन्दोलीत भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्र ६ नगौलका बासिन्दाहरु बिरोध गर्दै दबाब दिन वडा कार्यालय घेराउँ गरेका हुन् ।

वर्षौ देखी एलानी जग्गामा बसोबास गर्दै आएका भुमिहिन अव्यवस्थित स्थानियहरुलाई नेपाल सरकारले ३५ दिने सुचना जारी गरे पनि वडा कार्यालयले आफुहरुलाई कुनै सुचना नदिएको उनीहरुको आरोप छ ।

आफुहरु वडा कार्यालयबाट सुकुमबासी,भुमिहिन तथा अव्यवस्थित बसोबासको सिफारिस समेत नपाउँने गरेको दुखेसो गरेका छन् ।

यस विषयमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारीसँग बुझदा सुकुमबासी भन्दा हुकुमबासीहरु वडा कार्यालय घेराउ गरेको बताएका छन् ।

उनले जग्गा ,जमिन हुनेहरु सुकुमबासी बनेर सिफारिस माग्न आएमा आफुले कुनै हालतमा त्यस्तो सिफारिस नदिने बताएका छन् ।

वडालाई बदनाम गर्ने नियतले जग्गा,जमिन भएकाहरुलाई उचालेर जग्गा दिने लोभले बिरोध गराईएको बताए । सकुमबासी,भुमिहिन तथा अव्यवस्थित स्थानिहरुलाई उचित सयमै व्यवस्थान गर्ने जानकारी दिए ।

स्थानिय तहका कर्मचारीहरुको आन्दोलन र २० जना सुकुमबासीहरुलाई घर र जग्गा ब्यवस्थापनमा अलि समय ढिलो भएको स्वीकार गरे ।

आफुले वडामा सर्बदलिय समिती बनाई सकेका कारण छिट्टै सुकुमबासीहरुको पहिचान गरी सिफारिस गर्ने जानकारी दिए ।

Leave a review

This will close in 0 seconds