मोटरसाईकल दुघर्टनामा रामको मृत्यू

साझेदारी दैनिक
साझेदारी दैनिक 309 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पचरौता नगरपालिका वडा नम्बर ८ अमरपटी र लंगडाचोकको बिचमा रहेको डोरा खोलामा एक जना पुरुषको लास मृत अवस्थामा भेटेका छन् ।

पुर्वबाट पछिच्म तर्फ जादै गरेको अवस्थामा राती ना ३४ प ३४०० नम्बरको मोटरसाईकल तिब्र गतिमा रहेको हुदा पुलबाट खसेर देवताल गाँउपालिका वडा नम्बर ७ बस्ने बर्ष १९ का प्रदीप रामको मृत्यू भएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।

घटनाबारे अनुसंनधान थालिएको छ । मोटरसाईकल पुर्ण रुपमा क्षतिग्रस भएको छ । मृतकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा राखिएको छ । सो ठाँउमा एक बर्ष भित्रमा ४ जनाको ज्यान गईसकेको छ । सडक र पुलको सतह मिल्दो जुल्दा भएको हुदा दुर्घटना हुने गरेको स्थानियहरुको भनाई रहेको छ ।

हुलाकी सडकखण्डमा रहेको सोपुल जिर्ण भएपनि सरोकारवालाहरुको ध्यान जान नसक्दा मान्छेको मृत्यू हुने गरेको बारा नागरिक समाजको अध्यक्ष उमेशलाल दासले बताउनुभयो ।

समाचार शेयर गर्नुहोस
Leave a review