जीतपुर गढीमाईमा दशैं मेलाको तयारी शुरु

साझेदारी दैनिक
340 पाठक संख्या

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा रहेको जीतपुर गढीमाई मन्दिरमा दशैं मेलाको तयारी तीव्र शुरु भएको छ।

हरेक वर्ष घटस्थापनाका दिनदेखी महानवमी सम्म धुमधामका साथ यहाँ मेला लाग्ने गर्छ। दशैं मेलालाई व्यवस्थित बनाउन यस वर्ष पनि विभिन्न समितिहरु गठन गरी तयारी अघि बढाईएको गढीमाई मेला व्यवस्थापन समितिले जानकारी दिएको छ।

समितिका अध्यक्ष रोशन चौधरीको नेतृत्वमा दशैं मेलाको तयारी शुरु भएको हो।

असोज १७ गते घटस्थापनाका दिनबाट शुरु हुने मेलामा असोज २४ गते खिर भोेजन गराउने र २५ गते महानवमीका दिन बली पूजाको आयोजना गरिने समितिका कोषाध्यक्ष कृष्ण चौधरीले बताए।

मेलालाई व्यवस्थित रुपमा सम्पन्न पार्नका लागि आवश्यक सहयोग गरिदिन समितिले स्थानीय बासी एवं सरोकारवाला निकायसंग अनुरोध समेत गरेको छ।

Leave a review