प्रेस सेन्टर बाराको शुभकामना तथा जिल्ला भेला कोल्हवी सम्पन्न

साझेदारी दैनिक
408 पाठक संख्या

धिरेन्द्र पनुहर/

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराको शुभकामना अदानप्रदान तथा जिल्ला भेला मंगलवार बाराको कोल्हबीमा सम्पन्न भएको छ ।

जिल्ला भेला कार्यक्रमको उद्घाटन नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा तीन महिने माओवादी रुपान्तरण अभियानका बारा जिल्ला संयोजक प्रल्हाद बुढाथोकीले गरेका थिए । उनले प्रेस सेन्टर नेपाल पत्रकारहरुको एक गौरबशाली सङ्गठन भएकाले यसमा आबद्ध पत्रकारहरुको कलम समाजका शोषणमा परेका,पिडित,बिकृती,बिसङ्गती तथा भ्रष्टचार बिरुद्ध हुनुपर्नेमा जोड दिए ।

सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेतापनि अहिले पनि जनताहरुको अवस्थामा सुधार हुन नसकेका कारण त्यसका बिरुद्धमा पनि कलम चलाउँनुपर्ने उनको सल्लाह दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा पाटीका मधेश प्रदेश प्रचार तथा प्रकाशन बिभागका संयोजक गोबिन्द देवकोटाले प्रेस सेन्टर नेपालले राष्ट्र,राष्ट्रियता र जनजिबिकाको पक्षमा कलम चलाउँदै आईरहेको बताउँदैँ आम श्रमजीबी पत्रकार तथा मिडिया बारे सङ्गठनले उठाएका मुद्धाहरु सम्बोधन गराउँन सरकारलाई दबाब दिईरहेको बताए ।

माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य तथा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सत्य,स्वतन्त्र र निष्पक्ष पत्रकारीताको पक्षमा आफु सधै रहेको बताएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सदस्य रबिराज दंगालले पार्टी र प्रेस सेन्टर नेपालको समन्वयको आवश्यक्ता औल्याउँनुभयो ।पत्रकारहरुको बृद्धि र बिकासमा पार्टीले सोच्नुपर्ने धारणा ब्यक्त गरे ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिका अध्यक्ष रञ्जन यादबको अध्यक्षतमा भएको कार्यक्रममा अध्यक्ष यादबले नेपाल पत्रकार महासंघ मधेश प्रदेशले सदस्यता बितरण तथा शुद्धिकरणकोलागि गरेको सिफारिस पुर्वाग्राही पुर्ण रहेको बताएका थिए।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई प्रदेशले गरेको सिफारिस अबिलम्ब सच्याउँनुपर्ने माग गरेका थिए । उनले मञ्चबाट बिभिन्न चरणका आन्दोलनका घोषणा गरेका थिए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिका बाराका ईन्चार्ज कृष्ण उदास खनालको स्वागत मनतब्य रहेको कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष प्रदिप गौतमले गरेका थिए । सोही अवसरमा प्रेस सेन्टर नेपाल बारामा बिभिन्न स्थानीय तहबाट २० जना पत्रकारहरु आबद्ध भएका थिए ।

Leave a review