जगदम्बा स्टिलको ११ जना मजदुरमा कोरोना भाईरस संक्रमण, संक्रमितहरुलाई स्थानीय होटलमा राखियो

साझेदारी दैनिक
साझेदारी दैनिक 312 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बाराको सिमरा स्थित जगदम्बा स्टिलको ११ जना मजदुर र कर्मचारीहरुमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिनेमा सुरक्षा गार्ड १ जना ,सुपरभाईजर १ जना , ल्याब असिसटेन्ट १ जना , ट्रेक्टरका सहचालक एक जना र साँत जना भारतीय मजदुरहरु रहेका छन् ।

उद्योगले साउन २५ गते काठमाडौँको टोली बोलाएर आफनो १ सय २३ जना मजदुरहरुको पिसिआर पद्धतीबाट स्वाब परिक्षण गराएको थियो । आज आएको नतिजामा ४ जना नेपाली र ७ जना भारतीय गरी ११ जनामा कोरोेना पोजेटिभ देखिएको मजदुर युनियनका सचिव दिपक कार्कीले जानकारी दिनुभयो ।

कोरोना भाईरस देखिने मजदुरहरुलाई स्थानीय सिमराकै होटल प्याराडाईसमा क्वारेनटिन बनाएर राखिएको छ । होटलमा राखिएको मजदुर तथा कर्मचारीहरुको सम्पुर्ण खर्च उद्योगले ब्यहोर्ने छ । जगदम्बा स्टिल र होटल प्याराडाईसबिच महिनाको पाँच लाखमा सम्झौता भएको मजदुर युनियनका सचिव कार्कीले बताउँनुभयो । संक्रमितहरुलाई कसले खाना खुवाउने जिम्मा कसले लिने बिषयमा अहिले छलफल भईरहेकोे छ ।

उद्योगले संक्रमित मजदुरहरुको खान ,बस्ने र स्वास्थ्यको सम्पुर्ण जिम्मा लिएको मजदुर नेता कार्कीले जानकारी दिनुभयो । उद्योगले संक्रमित मजदुरहरुलाई उद्योग भित्रकै ब्लकमा बस्ने ब्यवस्था मिलाउन भन्दा मजदुर युनियनहरुले बिरोध जनाएका थिए । जसको फलस्वरुप उद्योग संक्रमित मजदुरहरुलाई होटलमा राख्न बाध्य भएको थियो ।

मजदुरहरुको स्वाब काठमाडौको बिद ल्याबमा परिक्षण गरिएको थियो । उद्योग प्रशासनले कोरोना परिक्षण गर्न नमान्दा मजदुरहरुले केही दिन आफनो सम्पुर्ण कामकाज थप गरी आन्दोलन गरेका थिए । यता ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्षमण ढकालले उद्योगलाई चाडै नै कन्ट्याक्ट ट्रेसिङगको काम पनि सुरु गर्न निर्देशन दिनुभएको छ । उहाँले सम्पुर्ण कर्मचारीहरुको पिसिआर परिक्षण गरेर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिईएको जनाईएको छ । बिभिन्न ब्यक्ति तथा संस्थाहरुले उद्योग शिल गर्नुपर्ने आवाज उठाएपनि उद्योग शिल गरिएको छैन् ।

समाचार शेयर गर्नुहोस
Leave a review