हत्या आरोपमा सिम्रौनगढका युवक पक्राउ

साझेदारी दैनिक
234 पाठक संख्या

कलैया,१३ भदौ । बाराका एक जना युवक हत्या आरोपमा हत्याका काठमाण्डौबाट पक्राउ परेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाण्डौ बस्दै आएका २२ वर्षीय एमके कुमार पक्राउ परेका हुन छ ।

उनलाई शंखमूलमा स्नुकर सञ्चालक रुपक बान्तवा राईको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । व्यक्तिगत रिसइबीका कारण उनले राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान करिब २ बजेतिर रुपक आफ्नै खाजा तथा स्नुकर हाउसको सोफामा गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।

शंखमूलकै साइबाबा पार्कस्थित टहरामा भाडामा बस्दै आएका एमकेको कोठाबाट प्रहरीले घटनामा प्रयोग भएको रड पनि बरामद गरेको छ ।

टाउकोमा धारिलो हतियार प्रहारबाट घाइते भएका उनलाई प्रहरीले उपचारका लागि सिभिल अस्पतालमा पु-याएपछि साढे २ बजे चिकित्सकले मृत घोषणा गरेको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताएका छन ।

Leave a review