लायन्स क्लब अफ सिमरा जागरणको उत्प्रेरणामुलक प्रशिक्षण कार्यक्रम

रञ्जन यादव
235 पाठक संख्या

लायन्स क्लब अफ सिमरा जागरणको शुक्रबार उत्प्रेरणामुलक प्रशिक्षण कार्यक्रम गरेको छ ।

व्यवसायिक क्षेत्रमा पछिल्लो समय देखिएको आर्थिक समस्यालाई लक्षित गर्दै लायन्स क्लबले कार्यक्रमको आयोजना गरेको लायन्स क्लब अफ सिमरा जागरणका अध्यक्ष युवराज पौडेल (शिव) ले जानकारी दिएका छन् ।

वर्तमान आर्थिक अवस्थाका कारण ब्यापार व्यवसायमा परेको प्रभाव,सिर्जनशिलता र व्यावसायिक दक्षता अभिवृद्धिबाट समस्या न्युनिकरण विषयक उत्प्रेरणामूलक प्रशिक्षणको आयोजना गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरास्थित होटल सिमरा ईनमा सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पूर्व बैंकर अनिल केशरी मुख्य वक्ताको रुपमा उपस्थित भएका थिए ।

कार्यक्रममा पूर्व बैंकर केशरीले व्यावसायिक क्षेत्रले भोग्नुपरेको आर्थिक समस्या,सुरक्षित लगानीको वातावरण,युवा उद्यमशिलतालगायतका विषयमा आफ्ना भनाई राखेका थिए ।

लायन्स क्लब अफ सिमरा जागरणका अध्यक्ष युवराज पौडेल (शिव) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका थिए ।

Leave a review