बालगंगा खोलामा स्थानिय युवा र बालुवा कारोबारि बिच झडप

साझेदारी दैनिक
साझेदारी दैनिक 367 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बाराको बाल गंगा खोलामा स्थानिय युवा र बालुवा कारोबारि बिच झडप भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ र वडा नं. १६ का बिच मा पर्ने बाल गंगा खोलामा स्थानिय सुकलैया का युवाहरु र बालुवा कारोबारि बिच झडप भएकोहो ।

बालुवा कारोबारि समुहको ना त १४४१ र को त ६३८ नंम्बरको टेकटर को चाबि खोसि पछि झडपको भएको हो । सुकलैयाका युवाहरुले नदि उत्खनन गर्न रोक लगाउदा सोहि स्थानमा संञ्चालित वालुवा वास प्लान्टका कामदार र सोहि स्थानका स्थानिय युवा बिच झडपभएको स्थानीय रामचन्द्र श्रेष्ठले बताउँनुभएको छ ।

बालुवा कारोबारीले रातको समयमा नदिबाट बालुवा लगेर नजिकैको वास प्लान्टमा लाने र केहि बाहिर सप्लाई गरिने सुक्लैया बासिको दाबि छ । सरकारले बर्षायाममा नदिजन्य पदार्थमा रोकलागायपछि स्थानिय प्रशासन मौन रहेकोले स्थानिय युवाहरुले उत्खनन रोक्न पहल गर्दा झडप भएको हो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review