घरेलु हिंसा विरुद्ध देवतालमा भयो जनचेतनामूलक कार्यक्रमको उद्घाटन

साझेदारी दैनिक
204 पाठक संख्या
oplus_2

बारा :घरेलु हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रमको उदघाटन बाराको देवताल गाउँपालिका वडा नम्बर ३ मा गरिएको छ।

देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवले सो कार्यक्रमको उदघाटन गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले दिनहुँ कुनै न कुनै रुपमा घरेलु हिंसाको घटना सार्वजनिक हुने गरेको बताएका छन्।

उनले भने,‘ कतै बचनवाणले,त कतै हेराईले घरेलु हिंसा भइरहेको बताए। दिनहुँ हुने यस्ता घटना हुँदै गएको र मानिसहरु पशु सरह भइसकेको उनले जनाएका छन्।

नैतिकता हराइसकेको उनले जनाए। विशेष गरि शिक्षा अभावमा हुने यस्ता घरेलु हिंसाका घटनाहरुलाई न्यूनिकरण गर्ने योजनाका साथ यो कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।

घरेलु हिंसाका मुख्य कारक तत्व भनेकै अशिक्षा, बेरोजगारी, बालविवाह रहेको उनले जनाए। अहिलेको जमानामा पनि रुढीवादी सोच राखेर अगाडी बढन नसकिने उनले बताए।

केटा केटीमा भेदभाव गरेर समाज र देश अगाडी बढन नसक्ने भएको जनाउदै उनले यस्ता कुरीतिहरुको अन्त्य हुनु जरुरी रहेको जनाए।

व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कलैया ७ बाराको आयोजना तथा देवताल गाउँपालिका वडा नम्बर ३ को सहयोगमा सो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष संजय साहले बताए ।

कार्यक्रममा देवताल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकिशोर प्रसाद कुशवाहा,देवताल गाउँपालिकाका इन्जिनियर औलि महम्मद,वडा सदस्यहरु सरस्वती देवी,जानकी देव, समाजसेवी महेन्द्रराय यादव,नवलकिशोर यादव,रामबिलास महतो लगायतको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds