डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था बाराले आफ्नो २८ औँ साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष टिकाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल रहनुभएको थियो ।
सो अवसरमा बोल्दै नगरप्रमुख राजन पौडेलले किसानहरुलाई परेको समस्या समाधान गर्नको आफू प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले डुमरवाना डेरीले किसानको दुध बढी भन्दा बढी विक्री वितरण गरी आर्थिक उपार्जन गर्न गरेको कार्यको प्रशंसा समेत गर्नुभयो ।
दुई हजार ६ सय ८९ जना सेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७९÷८० मा ७७ लाख ४९ हजार ८ सय ५५ मुनाफा गरेको संस्थाका अध्यक्ष न्यौपानेले आफ्नो प्रतिवेदन प्रस्तुतिमा उल्लेख गर्नुभएको थियो ।
त्यस्तै संस्थाका लेखा संयोजक दीपक प्रसाद चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको नीति तथा कार्यक्रम प्रस्तुति संस्थाका व्यवस्थापक सन्तोष भुजेलले गर्नुभएको थियो ।
सहकारीले विभिन्न विधामा काम गर्ने ३९ जनालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । यसरी सम्मान पाउनेहरुमा सर्वोत्कृष्ट किसान २०८० बाट सम्मानित हुनेहरुमा ब्रदर्श मल्टि प्रपोज एग्रो फर्म ,शंकरराज अर्याल, नीलकण्ठ सापकोटा रहनुभएको छ ।
त्यस्तै उत्कृष्ट कर्मचारी २०८० बाट विष्णु वस्ती, मुक्तिनाथ पौडेल,दुर्गा अधिकारी, नवराज सुवेदी सम्मानित हुनुभयो भने उत्कृष्ट व्यापारी २०८० बाट रामशरण पन्त सम्मानित हुनुभयो ।
उपकेन्द्र उत्कृष्ट किसान २०८० बाट ३० जना सम्मानित भएका छन् ।सञ्चारका क्षेत्रबाट कृषिका क्षेत्रमा कलम चलाउने, किसानका समस्या उजागर गर्ने र चेतना फैलाउने भूमिका निर्वाह गरको भन्दै संस्थाले सञ्चारकर्मी विदरु सम्मान गरेको छ।
कार्यक्रममा वडा नं १४ का वडाध्यक्ष,चयन गुरुंग,वडा नं १३ का हेमनारायण चौधरी,वडा १२ का श्यामबाबु खाँ,वडा नं १८ का चतुरबाबु वाग्ले,वडा नं ११ का विन्दालाल साह, जिल्ला दुग्ध उत्पादक सहकारी सँघका कोषध्यक्ष दिपलक्ष्म खरेल,साना किसान कृषि सहकारी संस्था लिं डुमरवानाका अध्यक्ष प्रदीप सिंह बराल,दुग्ध सहकारीका पूर्व अध्यक्ष गीतादत्त अधिकारी,हलखोरिया साझेदारी वनका अध्यक्ष विकल्प भट्टराई लगायतको उपस्थिति रहेको थियो ।


